काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन साविक विजेता युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा साम्पडोरियामाथि ३० को सहज विजय हासिल गरेको छ। यससँगै आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा सुखद शुरूआत गरेका छन्।
स्विडेनका विंगर डेजान कुलुसेभस्कीको गोलबाट युभेन्टसले १३औं मिनेटमा अग्रता लिएको थियो। कुलुसेभस्कीको यो डेब्यू खेल थियो। लोनमा पार्मा गएका कुलुसेभस्की यसै सिजनमात्र युभेन्टसमा फर्किएका थिए।
लियोनार्डो बोनुचीले युभेन्सको अग्रता दोब्बर बनाए। खेल सकिन दुई मिनेट बाँकी रहँदा एरोन राम्सेको पासमा रोनाल्डोले अर्को गोल थपेपछि युभेन्टसको तीन अंक पक्का भएको थियो।
इटालियन सरकारले सिरी ‘ए’ मा एक हजार दर्शकलाई रंगशाला प्रवेशमा अनुमति दिएको थियो। थोरै संख्याको उपस्थित दर्शकमाझ पिर्लोले प्रशिक्षक करिअर सुखद बनाए।
सिनियर टीममा प्रशिक्षकको अनुभव नभएका पिर्लोलाई युभेन्टसले यसै सिजन प्रशिक्षकको जिम्मेवारी दिएको थियो। मिलान र युभेन्टसका पूर्वमिडफिल्डर पिर्लोले गत अगष्टमा मात्र माउरियो सारीको स्थान लिएका हुन्।
इटालियन सिरी ‘ए’ मा गए राती नापोलीले पर्मालाई २-० ले हराउँदा काग्लियरी र सासउलोले १-१ को बराबरी खेले। जिनोवाले क्रोटोनीलाई ४-१ ले हरायो।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन साविक विजेता युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा साम्पडोरियामाथि ३० को सहज विजय हासिल गरेको छ। यससँगै आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा सुखद शुरूआत गरेका छन्।स्विडेनका विंगर डेजान कुलुसेभस्कीको गोलबाट युभेन्टसले १३औं मिनेटमा अग्रता लिएको थियो। कुलुसेभस्कीको यो डेब्यू खेल थियो। लोनमा पार्मा गएका कुलुसेभस्की यसै सिजनमात्र युभेन्टसमा फर्किएका थिए।

">