काठमाडौं। इङ्लिस प्रिमियर लिगमा सतप्रतिशत नतिजा निकाल्नेक्रममा ब्रेन्डन रोजर्सको लेस्टर सिटीले गएराति बर्नलीमाथि ४-० को नतिजा निकालेको छ।
प्रिमियर लिगमा प्रशिक्षकका रूपमा रोजर्सको २१० खेलमा यो १००औं जित हो। बेलायतका प्रशिक्षकमध्ये सर एलेक्स फर्गुसन, सर केन्नी डालग्लिस, केभिन कीगनले मात्र यो यो कोसेढुंगा बनाउन सफल भएका छन्।
२०१६ को विजेता लेस्टरका प्रशिक्षका रोजर्सले आफ्नो टीमलाई उपाधि दाबेदारीका रूपमा नसोचेको बताए।
‘‘यो केबल दुई खेल हो। १० खेलपछि मात्र टीमको स्थिति के हो भनेर थाहा हुनेछ,’’ लेस्टर प्रशिक्षक रोजर्सले भने, ‘‘हामीले उपाधिबारे केही सोचेका छैनौं। टीम विकासमा काम गरिरहेका छौं। लिग र कपमा गत वर्षको अनुभवले हामीलाई उत्प्रेरित गरेको छ। गत सिजन हामी जुन स्थानमा रह्यौं त्यो भन्दा राम्रो गर्न सक्थ्यौं। अहिले खेलाडी उत्प्रेरित छन्। उत्साहित छन्। दुई खेलमा सात गोल गरेका छन्। यसले नयाँ सिजनमा चुनौती पेश गर्न हामी तयार छौं भन्ने प्रष्ट हुन्छ।’’
लेस्टर गत सिजन पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। लेस्टर गएराती एक शून्यले पछि परेको स्थिति उल्टाउँदै विजयी नतिजा निकालेको हो।
भ्रमणकारी बर्नलीले क्रिस उडको गोलबाट १०औं मिनेटमा अग्रत लिएको थियो। त्यसको दश मिनेटमा लेस्टरका हार्भे बर्नसले बराबरी गोल फर्काए। इरिक पिटर्सको आत्मघाती गोलमा लेस्टरले अग्रता लियो। ६१औं मिनेटमा लेस्टर जेम्स जस्टिनले अर्को गोल थपे। ७३औं मिनेटमा बर्नलीका जिम्मी डुनेको गोलमा बर्नलीले पुनरागमनको प्रयास गर्यो। खेल सकिन ११ मिनेट बाँकी छदाँ डेनिस प्रेटले अर्को थपेपछि लेस्टरले जित पक्का गर्यो।
जितसँगै लेस्टर ६ अंकका साथ शीर्ष स्थानमा छ। कुनै अंक जोड्न नसकेको बर्नली भने १४औं स्थानमा छ।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगमा सतप्रतिशत नतिजा निकाल्नेक्रममा ब्रेन्डन रोजर्सको लेस्टर सिटीले गएराति बर्नलीमाथि ४-० को नतिजा निकालेको छ।प्रिमियर लिगमा प्रशिक्षकका रूपमा रोजर्सको २१० खेलमा यो १००औं जित हो। बेलायतका प्रशिक्षकमध्ये सर एलेक्स फर्गुसन, सर केन्नी डालग्लिस, केभिन कीगनले मात्र यो यो कोसेढुंगा बनाउन सफल भएका छन्।

">