१० जनामा सीमित चेल्सी लिभरपुलसँग पराजित
एजेन्सी। सडियो मानेको दुई गोलप्रेरित लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आज चेल्सीलाई २-० को नतिजामा पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलकाे पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा रक्षक आन्द्रेस क्रिस्टियनसन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि चेल्सी १० जनामा सीमित भएको थियो।
दोस्रो हाफमा १० जनामा सीमित चेल्सीमाथि हाबी बनेको लिभरपुलका लागि मानेले ५०औं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए।
त्यसको चार मिनेट नबित्दै चेल्सीका गोलकिपर केपा अरिजाबालागाले गरेको गल्तिको फाइदा उठाउँदै मानेले व्यक्तिगत दोस्रो गोल गरे।
लिभरपुलका डेब्यूट्यान्ट टिएगो अलाकान्ताराले चेल्सीका टिमो वेर्नरलाई १८ यार्ड बक्समा लडाएपछि घरेलु टोलीले ७५औं मिनेटमा गोल गर्ने माैका पाएको थियो।
जितसँगै च्याम्पियन लिभरपुलले दुई खेलबाट ६ अंक जोडेको छ।
प्रतिक्रिया दिनुहोस्