दिल्लीविरुद्ध १५८ रनको विजयलक्ष्य पछ्याउँदै पञ्जाब

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा सन्दीप लामिछाने सम्मिलि दिल्ली क्यापिटल्सले किङ्ग्स इलेभेन पञ्जाबलाई १५८ रनको विजयलक्ष्य दिएको छ।

यूएईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रनको योगफल तयार गर्‍यो।

सुरुआती ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसके पनि मार्कस स्टोइनिसले २१ बलमा अर्धशतकीय इनिङ खेलेपछि दिल्लीले सम्मानजनक योगफल तयार गर्‍यो। उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै कप्तान श्रेयस ऐयरले ३२ बलमा ३ छक्कासहित ३९ रनको योगदान गर्दा ऋषभ पन्तले २९ बलमा ४ चौकासहित ३१ रन जोडे।

पञ्जाबका लागि मोहम्मद शामीले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए।

१५८ रनको विजयलक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले ३.५ ओभर कुनै पनि विकेट नगुमाई २८ रन जोडेको छ।

आजको खेलमा नेपाली स्टार स्पिनर सन्दीप लामिछाने खेलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्