पञ्जाबविरुद्ध आजको खेलमा सन्दीप नखेल्ने
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत केही बेरमा हुने किङ्ग्स इलाभेन पञ्चाबविरुद्धको खेलमा  दिल्ली क्यापिटल्सले सन्दीप लामिछानेलाई नखेलाउने भएको छ।

नेपालीसमय अनुसार ७:४५ मा सुरु हुने खेलमा टस हारेर दिल्लीले पहिले ब्याटिङको निम्तो पाएको छ। क्यारेबियन प्रिमियर लिगका लागि अफ्रिका पुगेका सन्दीप उतैबाट यूएई पुगेका थिए।

तर, आजको खेलमा भने दिल्लीले उनलाई सुरुआती ११ मा राखेको छैन। कोरोना भाइरसका कारण पूर्वनिर्धारित समयमा हुन नसकेको आईपीएल यसपटक यूएईमा हुँदैछ।

शनिबारदेखि सुरु भएको लिगको पहिलो खेलमा चेन्नई सुपरकिङ्ग्सले मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो।

सन्दीपको दिल्लीले आफ्नो दोस्रो खेलमा शुक्रबार चेन्नईको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्