काठमाडौं। गाएटानो कास्ट्रोभिलीको गोलमा फियोरेन्टिनाले इटालियन सिरी ‘ए’ मा टोरिनोलाई १–० ले पराजित गरेको दिन एएस रोमाले भने हेलास भेरोनासँग गोलरहित बराबरी खेलेको छ।
शनिबारबाट सुरु सिरी ‘ए’ मा फियोरेन्टिनाले विजयी सुरुआत गरेको हो।
फियोरेन्टिनाको जितमा कास्ट्रोभिलीले खेल सकिन १२ मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बन्यो। कास्ट्रोभिलीले फेडेरिक चिसाको पासमा गोल गरेका थिए।
जितसँगै फियोरेन्टिनाले तीन अंक जोडेको छ।
गएराति नै ढिला गरी भएको खेलमा रोमा भेरोनासँग गोलरहित बराबरीमा रोकियो। चेल्सीबाट फ्री ट्रान्सफरमा रोमासँग अनुबन्ध भएका पेड्रो रोड्रिग्वेज डेब्यू गरेका थिए। स्पेनिस फरवार्ड पेड्रोको डेब्यू सुखद भने हुन सकेन।
सिरी ‘ए’ मा साविक विजेता युभेन्टसले आज राति साम्पडोरियासँग प्रतिस्पर्धा गर्नेछ भने नापोलीले पर्माविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। गाएटानो कास्ट्रोभिलीको गोलमा फियोरेन्टिनाले इटालियन सिरी ‘ए’ मा टोरिनोलाई १–० ले पराजित गरेको दिन एएस रोमाले भने हेलास भेरोनासँग गोलरहित बराबरी खेलेको छ।शनिबारबाट सुरु सिरी ‘ए’ मा फियोरेन्टिनाले विजयी सुरुआत गरेको हो।

">