काठमाडौं। वेष्ट ह्यामविरुद्ध विजय हासिल गरेपछि आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले खेलाडीको मनोबलको प्रशंसा गरेका छन्।
एडी एनकेटियाले अन्तिम समयमा गरेको गोलमा आर्सनलले गएराति प्रिमियर लिगमा वेष्ट ह्यामलाई २-१ ले पराजित गरेको थियो।
यस नतिजासँग्र आर्सनलले प्रिमियर लिगको पहिलो दुई खेलमा विजय हासिल गरेको छ। पछिल्लो चारमध्ये दुई सिजनमा आर्सनलले लिगको पहिलो दुई खेलमा पराजित भएको थियो।
‘‘अन्तिम २५ मिनेटमा खेलाडीले जुन खालको प्रदर्शन गरे, त्यसबाट म खुशी छु,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने।
एलेक्जेन्डर लाकाजेटको गोलबाट आर्सनलले २५औं मिनेटमा अग्रता लिएको थियो। उनले कप्तान पिइरे-इमेरिक औबमेयाङको पासमा गोल गरेका थिए। आर्सनलका लागि लाकाजेटको यो ५०औं गोल हो।
आर्सनलबाट ५० गोल गर्ने लाकाजेट फ्रान्सका चौथो खेलाडी बनेका छन्। यसअघि थिएरी अनरी (२२८), रोबर्ट पिरेज(८४), ओलिभर जिरौड (१०५) ले आर्सनलका लागि ५० भन्दा धेरै गोल गरेका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा वेष्ट ह्यामका मिचाइल एन्टोनियोले बराबरी गोल फर्काए।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी एनकेटियाले गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो। एनकेटिया ७७औं मिनेटमा लाकाजेटको स्थानमा मैदान छिरेका थिए।
आर्सनलले पहिलो खेलमा फुलह्यामलाई ३-० ले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै ६ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ। अहिलेसम्म अंक जोड्न नसकेको वेष्टह्याम भने १८औं स्थानमा छ।
" /> काठमाडौं। वेष्ट ह्यामविरुद्ध विजय हासिल गरेपछि आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले खेलाडीको मनोबलको प्रशंसा गरेका छन्।एडी एनकेटियाले अन्तिम समयमा गरेको गोलमा आर्सनलले गएराति प्रिमियर लिगमा वेष्ट ह्यामलाई २-१ ले पराजित गरेको थियो।

">