काठमाडौं। फाफ डु प्लेसिस र अम्बती रायडुको अर्धशतकप्रेरित चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको छ।
युनाइटेड अरब इमिरेट्सस्थित शेख जायद रंगशालमा दक्षिण अफ्रिकाका डु प्लेसिसले अविजित ५८ रन बनाए भने रायडुले ७१ रन जोडे। दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेपछि चेन्नईले १६३ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। यससँगै महेन्द्रसिंह धोनीले कप्तानका रुपमा यो १००औं जित हासिल गर्न सफल भए।
.jpeg)
त्यसअघि टस हारेर ब्याटिङका लागि निम्त्याइएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो।
मुम्बईका सौरभ तिवारीले ४२, क्विन्टन डी ककले ३३, किरन पोलार्डले १८, हार्दिक पाण्डेयले १४, कप्तान रोहित शर्माले १२ तथा जेम्स प्याटिन्सनले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चेन्नईका लुंगी एनगिडीले तीन विकेट लिए भने दीपक चहर र रविन्द्र जडेजाले समान दुई विकेट लिए। साम कुरान र पियुष चावलाको नाममा एक-एक विकेट रह्यो।
१६३ रनको लक्ष्य पछ्याएको चेन्नईले पहिलो दुई ओभरमा दुई विकेट गुमाएको थियो। चेन्नईको शुरूआत हेर्दा १६३ रनको लक्ष्य ठूलो देखिएको थियो। तर डु प्लेसिस र रायडुले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेपछि चेन्नईको सम्हालिएको थियो।
१५.६ ओभरमा रायडु आउट हुँदा चेन्नई १२१-३ को स्थितिमा थियो। त्यसपछि रविन्द्र जडेजाले १०, कुरानले १८ रन जोडे। डु प्लेसिस ४८ रनमा अविजित रहे।
" /> काठमाडौं। फाफ डु प्लेसिस र अम्बती रायडुको अर्धशतकप्रेरित चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गरेको छ।युनाइटेड अरब इमिरेट्सस्थित शेख जायद रंगशालमा दक्षिण अफ्रिकाका डु प्लेसिसले अविजित ५८ रन बनाए भने रायडुले ७१ रन जोडे। दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गरेपछि चेन्नईले १६३ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो। यससँगै महेन्द्रसिंह धोनीले कप्तानका रुपमा यो १००औं जित हासिल गर्न सफल भए।

">