काठमाडौं। लिड्स युनाइटेडले प्रिमियर लिगमा फर्कन १६ वर्ष कुर्नु पर्याे। डेढ दशकपछि फर्किएको लिड्सको प्रिमियर लिग यात्रा रोमाञ्चक बनेको छ।
लिड्सले खेलेको पहिलो दुई खेलमा १४ गोल भएका छन्। पहिलो खेलमा साविक विजेता लिभरपुलसँग ४-३ ले पराजित भएको लिड्सले शनिबार राति दोस्रो खेलमा फुलह्यामलाई ४-३ को नतिजामै पराजित गर्याे।
प्रिमियर लिगमा पहिलो दुई खेलमा यति धेरै गोल भएको १९६२/६३ को सिजनपछि यो पहिलो हो।
हेल्डर कोष्टाको गोलबाट घरेलु टीम लिड्सले पाँचौं मिनेटमै अग्रता लिएको थियो। ३४औं मिनेटमा एलेक्जेन्डर मित्रोभिकले पेनाल्टीमा बराबरी गोल फर्काए। ४१औं मिनेटमा माटेउज क्लिचले पेनाल्टीमा गरेको गोलबाट लिड्सले पुनः अग्रता लियो।
५०औं मिनेटमा प्याट्रिक बामफोर्डले अग्रता बढाए। ५७औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गरे। ६२औं मिनेटमा बबी रेडको गोलबाट फुलह्यामले पुनरागमन गर्ने प्रयास गर्याे। ६७औं मिनेटमा मित्रोभिकले अर्को गोल थपे पनि फुलह्यामले अंक लिन सकेन।
लिड्स लिगमा पहिलो अंक जोड्न सफल भयो। नव प्रवेशी लिड्स तीन अंकका साथ नवौं स्थानमा छ। कुनै अंक जोड्न नसकेको फुलह्याम पुछारबाट दोस्रो स्थानमा छ।
" /> काठमाडौं। लिड्स युनाइटेडले प्रिमियर लिगमा फर्कन १६ वर्ष कुर्नु पर्याे। डेढ दशकपछि फर्किएको लिड्सको प्रिमियर लिग यात्रा रोमाञ्चक बनेको छ।लिड्सले खेलेको पहिलो दुई खेलमा १४ गोल भएका छन्। पहिलो खेलमा साविक विजेता लिभरपुलसँग ४-३ ले पराजित भएको लिड्सले शनिबार राति दोस्रो खेलमा फुलह्यामलाई ४-३ को नतिजामै पराजित गर्याे।

">