डोमिनिक काल्भर्ट लेभिनको ह्याट्रिकमा एभर्टनको सहज जित

एजेन्सी। डोमिनिक काल्भर्ट लेभिनको ह्याट्रिकप्रेरित एभर्टनले इङ्लिस प्रिमियर लिगमा आज वेस्टब्रोमलाई ५-२ गोलको नतिजामा पराजित गरेको छ।

एभर्टनको घरेलु मैदानमा भएको खेलको दशौं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा वेस्टब्रोमले पराजय बेहोर्नु पर्‍यो। ग्र्याडी डियान्गाले दशौं मिनेटमा गोलग गर्दै भ्रमणकारी वेस्टब्रोमलाई अग्रता दिलएका थिए।

एभर्टनका डोमिनिकले ३१औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा हामेस रोडरिग्वेजले गोल गर्दै एभर्टनलाई पहिलो हाफमा २-१ को अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा केइरन गिब्सले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि १० जनामा सीमित भएको वेस्टब्रोम दोस्रो हाफमा सम्हालिन सकेन।

हुनत, दोस्रो हाफको सुरुआतमै म्याथ्युज पेरेराले वेस्टब्रोमलाई २-२ गोलको बराबरीमा फर्काएका थिए। तर, ५४औं मिनेटमा माइकल किनले एभर्टनका लागि तेस्रो गोल गरे। त्यसको आठ मिनेट नबित्दै डोमिनिकले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चोथो गोल गरे।

त्यसको चार मिनेटपछि ६६औं मिनेटमा डोमिनिकले ह्याट्रिक पूरा गर्दै घरेलु टोलीका लागि रोमाञ्चक जित निश्चित गरे।

जितसँगै कार्लो एन्सेलोटीको एभर्टन दुई खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्