काठमाडौं। सामाजिक दूरीको पूर्ण पालना तथा कडा क्वारेन्टिनको नियम गर्दै स्टार खेलाडीबीचको रोमाञ्चक भिडन्त हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करण अन्ततः युनाइटेड अरब इमिरेट्समा शनिबार (आज)बाट सुरु हुँदैछ।
सुरुमा मार्च २९ मा हुने भनिएको आईपीएल कोभिड-१९ का कारण ट्वान्टी-२० क्रिकेटको यस प्रतियोगिता ६ महिना ढिला गरी सुरु हुन लागेको हो।
यूएईमा हुने आईपीएल यस सिजन ५३ दिनसम्म चल्नेछ, जुन यसअघिका दुई सिजनभन्दा तीन दिनले धेरै हो।
कोभिड-१९ महामारी विश्वमै तीव्र गतिमा फैलिएपछि भारतले पनि आफ्नो सबै नाका बन्द गरेको थियो। जसका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले प्रतियोगिताको स्थान सारेर यूएई लगेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि ट्वान्टी-२० विश्वकपको मिति सारेपछि आईपीएल गर्न सम्भव भएको हो। ट्वान्टी-२० विश्वकप अक्टोबर नोभेम्बरमा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने तय भएको थियो।

आईपीएलसँगै भारतका खेलाडीले खेलमा फर्किने मौका पाएका छन्। कोभिड-१९ का कारण भारतको अन्तर्राष्ट्रिय खेल लामो समयदेखि भएको छैन। नोभेम्बरको अन्तिममा अस्ट्रेलिया भ्रमणबाट भारतीय टीम अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्नेछ।
आईपीएलका खेलाडीले प्रतियोगिता भारतमा हुँदाको जस्तो वातावरण यूएईमा पाउने छैनन्। क्रिकेटमा पागल हुने भारतीय समर्थकको साथ आईपीएल खेलाडीले यूएईमा पाउने छैनन्।
प्रतियोगिताको स्वरूप
प्रतियोगिताको पहिलो खेलमा गत सिजनको फाइनल खेलको झल्को आउनेछ। उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंगले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा आठ फ्रेन्चाइज लिगले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टीममा अधिकतम आठ विदेशी (भारत बाहेकका) खेलाडी हुनेछन्। तर, खेलमा अधिकतम चार खेलाडी मात्र खेलाउन पाइनेछ।
लिग चरणबाट शीर्ष चार टीमले प्लेअपमा स्थान बनाउनेछन्। फाइनल खेल भने १० नोभेम्बरमा हुनेछ।

मुम्बई इन्डियन्स फेरि पनि दाबेदार
मुम्बई इन्डियन्स प्रतियोगिताको सदाबहार दाबेदार टीम हो। र मुम्बई आईपीएलको सबभन्दा सफल टीम पनि हो। मुब्बईले चार पटक प्रतियोगिताको उपाधि जितिसकेको छ। र, यसपटक पनि मुम्बई प्रतियोगिताको बलियो दाबेदार टीम हो।
अस्ट्रेलियाका नाथन कोल्टर–नेल र क्रिस लेनलाई अनुबन्ध गरेपछि मुम्बईको ब्याटिङ लाइनअप अझ बलियो बनेको छ। ट्वान्टी–२० क्रिकेटका अनुभवी वेष्ट इन्डिजका किरण पोलार्ड र रोहित शर्माको उपस्थितिले टीमलाई थप मजबुत बनाउँछ।
मुम्बईको घरेलु प्रतिभा हार्दिक र क्रुनाल पाण्डेयले विश्व क्रिकेटमा आफूलाई स्थापित गरिसकेका छन्। तर, यूएईको सुस्त पिचमा मुम्बईले घरेलु मैदानको फाइदा भने लिन पाउने छैन। तथापि यो मुम्बईको यात्रामा धेरै बाधक बन्ने छैन।
धोनीको अन्तिम प्रतियोगिता?
चेन्नई सुपरकिंगले प्रतियोगिता तीन पटक उपाधि जितिसकेको छ भने पाँच पटक उपविजेता बनेको छ। चेन्नईको यी सबै यात्रालाई कप्तान महेन्द्रसिंह धोनीले नेतृत्व गरेका थिए। आईपीएलको पहिले संस्करणदेखि अहिलेसम्म धोनीले चेन्नईको नेतृत्व गरेका छन्।
धोनीले यस वर्षेको सुरुमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। त्यसकारण यो संस्करण खेलाडीका रूपमा ३९ वर्षे धोनीको अन्तिम हुन पनि सक्छ।

कोलकाताले अक्सनमा गरेको खर्चको लाभ मिल्ता त?
कोलाकाता नाइट राइडर्सले पनि यस सिजन राम्रो नतिजा निकाल्न सक्छ। दुई पटकको उपाधि विजेता कोलकाताले इयान मोर्गानलाई अनुबन्ध गरेको छ। मोर्गानले इङ्ल्यान्डलाई गत वर्ष विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
२०१२ र २०१४ को विजेता कोलाकाताले अस्ट्रेलियाको तीव्र गतिका बलर पेट कुमिन्सलाई १७ लाख पाउण्डमा अनुबन्ध गरेको छ। जुन आईपीएल इतिहासकै सबभन्दा ठूलो रकम हो। कोलकातामा लामो सट खेल्ने वेष्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल पनि समावेश छन्। रसेल २०१९ सिजन प्लेयर आफ दी टुर्नामेन्ट घोषित भएका थिए।
कोहली र एबी डी भिलियर्सले बैंगलोरको उपाधि खडेरी तोड्लान्?
विश्व क्रिकेटका सुपरस्टार तथा आईपीएलमा उच्च स्कोर गरेका विराट कोहलीमाथि सबैको नजर छ। कोहलीले रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी सम्हाल्नेछन्।
कप्तान कोहलीलाई दक्षिण अफ्रिकाका आक्रामक ब्याट्सम्यान डी भिलियर्स तथा अस्ट्रेलियाका कप्तान एरोन फिन्चको साथ रहनेछ। बलियो ब्याटिङ लाइनअफ भए पनि बैंगलोर आईपीएलमा पहिलो उपाधिको खोजीमा छ। त्यो उपाधि खडेरी यस सिजन ताडिएला त?
अस्ट्रेलियाका लेग स्पिनर एडम जम्पा बैंगलोरको भाग्य चम्काउन चाहन्छन्। अस्ट्रेलियाकै केन रिचर्डसनले पनि बैंगलोरको बलिङ आक्रमणमा साथ दिनेछन्।
असम्भव मित्रता
दुई चीर प्रतिद्वन्द्वी देश अस्ट्रेलियाका डेबिड वार्नर र इङ्ल्यान्डका जोनी बेयरिस्टोलाई सनराइज हैदरावादले एकै ठाउँमा उभ्याएको छ। यसबाट अन्तर्राष्ट्रिय क्रिकेटका चीर प्रतिद्वन्द्वीलाई आईपीएलले मित्रतामा परिणत गरिदिएको छ।
दुईजना विश्वकै सबभन्दा आक्रामक ओपनिङ जोडीमा पर्छन्। गत सिजन दुईले चारवटा शतक साझेदारीसहित ७९१ रनको साझेदारी गरेका थिए।
त्यस्तै न्युजिल्यान्डका केन विलियम्सन तीन नम्बरमा आउँछन्। त्यसकारण सनराइज हैदरावदको शीर्षक्रममा ब्याट्सम्यानले जस्तोसुकै प्रतिद्वन्द्वीविरुद्ध खेलको दिशा परिवर्तन गर्न सक्छन्।
इङ्ल्यान्डको तीव्र गतिका बलर जोर्फा आर्चर र अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथलाई राजस्थान रोयल्सले एकै स्थानमा उभ्याएको छ।
दुईजना गत वर्षको एसेज शृंखलाका प्रमुख प्रतिद्वन्द्वी थिए। गत सिजन पुछारबाट दोस्रो स्थानमा रहे पनि राजस्थानले इङ्ल्यान्डका अलराउन्डरबाट ठूलो अपेक्षा राखेको छ।
विश्वकपका नायक जोस बट्लर र बेन स्टोक्सको उपस्थितिले राजस्थानलाई मजबुद बनाएको छ। तथापि स्टोक्स उपलब्ध हुनेमा शंका छ।
पारिवारिक कारणले गर्दा स्टोक्सले पाकिस्तानविरुद्धको तेस्रो टेष्ट गुमाएका स्टोक्स अस्ट्रेलियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय तथा एकदिवसीय अन्तर्राष्ट्रियमा पनि उपलब्ध थिएनन्।
" /> काठमाडौं। सामाजिक दूरीको पूर्ण पालना तथा कडा क्वारेन्टिनको नियम गर्दै स्टार खेलाडीबीचको रोमाञ्चक भिडन्त हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करण अन्ततः युनाइटेड अरब इमिरेट्समा शनिबार (आज)बाट सुरु हुँदैछ।सुरुमा मार्च २९ मा हुने भनिएको आईपीएल कोभिड-१९ का कारण ट्वान्टी-२० क्रिकेटको यस प्रतियोगिता ६ महिना ढिला गरी सुरु हुन लागेको हो।

">