काठमाडौं। रियाल मड्रिडका फरवार्ड गारेथ बेल शुक्रबार टोटेनह्यामको ट्रेनिङ मैदानमा उपस्थित भएका छन्। बेल पूर्व क्लब टोटेनह्याममा अनुबन्ध हुने सम्भावना छ।
३१ वर्षे वेल्सका फरवार्ड बेल रियालबाट लोनमा टोटेनह्याम फर्किन लागेका हुन्। बेल लुटन विमानस्थलबाट उत्तरी लन्डनमा रहेको टोटेनह्यामको मैदानमा गएका थिए।
बेल २००७ मा पहिलो पटक साउथह्याम्पटनबाट टोटेनह्याममा अनुबन्ध भएका थिए। उनी २०१३ मा विश्व कीर्तिमानी रकममा स्पेनिस महारथी रियाल मड्रिडमा अनुबन्ध भएका थिए।
बेलले रियालबाट १०० भन्दा धेरै गोल गरिसकेका छन्। उनले रियालबाट चार च्याम्पियन्स लिगको उपाधि जितेका छन्। तर, पछिल्लो समय बेल रियालमा पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका छन्।
२०१९ मा रियालले बेलका लागि चिनियाँ सुपर लिग क्लब जियाङसु सुनिङको प्रस्ताव अस्वीकार गरिदिएको थियो। त्यसयता बेलले रियालबाट २० खेल खेलेका छन्।
टोटेनह्याम प्रिमियर लिगको पहिलो खेलमा एभर्टनसँग १-० ले पराजित भएको थियो।
" /> काठमाडौं। रियाल मड्रिडका फरवार्ड गारेथ बेल शुक्रबार टोटेनह्यामको ट्रेनिङ मैदानमा उपस्थित भएका छन्। बेल पूर्व क्लब टोटेनह्याममा अनुबन्ध हुने सम्भावना छ।३१ वर्षे वेल्सका फरवार्ड बेल रियालबाट लोनमा टोटेनह्याम फर्किन लागेका हुन्। बेल लुटन विमानस्थलबाट उत्तरी लन्डनमा रहेको टोटेनह्यामको मैदानमा गएका थिए।

">