काठमाडौं। चोटका कारण सर्जियोे अग्विरो दुई महिना मैदान बाहिर रहने सम्भावनाले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई चिन्तित बनाएको छ।
जुन २२ मा बर्नलीविरुद्ध खेल्दा अग्विरोको घुँडामा चोट लागेको थियो। जसका कारण अर्जेन्टिनाका फरवार्ड अग्विरोले लिगको पछिल्लो दश खेल गुमाएका थिए। उनले च्याम्पियन्स लिगको पनि दुई खेल गुमाएका थिए।
ग्वार्डिओलाले ३२ वर्षे फरवार्ड अग्विरो अगामी नोभेम्बरसम्म फिट हुनेमा शंका व्यक्त गरेका छन्।
‘‘हामीलाई थाहा छ चोट धेरै कठिन हुन्छ,’’ ग्वार्डिओलाले भने, ‘‘उनले अहिलेसम्म हामीसँग एउटा पन ट्रेनिङ सेसनमा अभ्यास गरेका छैनन्। उनको चोट ठिक हुन लामो समय लाग्ने देखिएको छ। त्यसकारण उनलाई ठीक हुन अझै एक वा दुई महिना लाग्न सक्छ।’’
अग्विरोको स्थान अब गाब्रियल जिससले लिनेछन्।उनले गत सिजन पछिल्लो १२ खेलमा पाँच गोल गरिसकेका छन्। यसै सिजन अनुबन्ध भएका फेर्रान टोर्रेस ग्वार्डिओलाको टीममा उपलब्ध हुनेछन्। सोमबार उल्भरह्याम्पटनविरुद्धको खेलमा टोरेस खेल्ने सम्भावना छ।
" /> काठमाडौं। चोटका कारण सर्जियोे अग्विरो दुई महिना मैदान बाहिर रहने सम्भावनाले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई चिन्तित बनाएको छ।जुन २२ मा बर्नलीविरुद्ध खेल्दा अग्विरोको घुँडामा चोट लागेको थियो। जसका कारण अर्जेन्टिनाका फरवार्ड अग्विरोले लिगको पछिल्लो दश खेल गुमाएका थिए। उनले च्याम्पियन्स लिगको पनि दुई खेल गुमाएका थिए।

">