काठमाडौं। यूएस ओपन विजेता नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने भएकी छन्।
फ्रेन्च ओपन २७ सेप्टेम्बरबाट सुरु हुँदै थियो।
जापानकी २२ वर्षीया ओसाकाले गत साता दोस्रो पटक यूएस ओपनको उपाधि उचालेकी थिइन्। समग्रमा उनको यो तेस्रो ग्राण्डस्लाम उपाधि थियो।
भिक्टोरिया अजरेन्कालाई २-१ को सेटमा पराजित गरेकी ओसाकाले भनिन्, ‘‘म फ्रेन्च ओपन खेल्न सक्दिनँ। मेरो ह्यामस्ट्रिङ अझै दुखिराखेको छ। त्यसैले क्ले कोर्टमा हुने फ्रेन्च ओपनका लागि तयारी गर्न सक्दिनँ। मेरो लागि यी दुई प्रतियोगिता धेरै चाँडै आयो।’’
ओसाकाले यूएस ओपनमा पनि ह्यामस्ट्रिङका कारण बायाँ खुट्टामा टेप लगाएर खेलेकी थिइन्।
तेस्रो वरीयताकी ओसाकाले २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। ओसाकाले फ्रेन्च ओपनमा अहिलेसम्म तेस्रो चरण पार गर्न सकेकी छैनन्।
" /> काठमाडौं। यूएस ओपन विजेता नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने भएकी छन्।फ्रेन्च ओपन २७ सेप्टेम्बरबाट सुरु हुँदै थियो।

">