काठमाडौं। ज्लाटन इब्राहिमोभिच र हकन काल्हानोग्लुको गोलमा इटालियन सिरी ‘ए’ क्लब एसी मिलानले युरोपा लिगको दोस्रो चरणमा विजयी नतिजा निकालेको छ। मिलानले आयरलल्यान्डको शामरोक्स रोभर्सलाई २-० ले पराजित गरेको हो।
डब्लिनमा गएराति सम्पन्न खेलमा इब्राहिमोभिचको गोलबाट मिलानले २३औं मिनेटमा अग्रता लिएको थियो। इब्राहिमोभिचले काल्हानोग्लुको पासमा गोल गरेका थिए। ६७औं मिनेटमा टर्कीका फरवार्ड काल्हानोग्लुले अग्रता दोब्बर बनाए।
मिलानले अब सोमबार राति बोलोग्नाविरुद्धको खेलबाट सिरी ‘ए’ लिगमा नयाँ सिजनको शुरूआत गर्नेछ।
युरोपा लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा स्पेनिस क्लब ग्रानाडाले अल्बानियाको टेउटा डुर्रेसलाई ४-० ले पराजित गर्यो। टर्कीको गालातासारेले अजरबैजनको एफके नेफ्टचीलाई ३-१ ले हरायो।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिच र हकन काल्हानोग्लुको गोलमा इटालियन सिरी ‘ए’ क्लब एसी मिलानले युरोपा लिगको दोस्रो चरणमा विजयी नतिजा निकालेको छ। मिलानले आयरलल्यान्डको शामरोक्स रोभर्सलाई २-० ले पराजित गरेको हो।डब्लिनमा गएराति सम्पन्न खेलमा इब्राहिमोभिचको गोलबाट मिलानले २३औं मिनेटमा अग्रता लिएको थियो। इब्राहिमोभिचले काल्हानोग्लुको पासमा गोल गरेका थिए। ६७औं मिनेटमा टर्कीका फरवार्ड काल्हानोग्लुले अग्रता दोब्बर बनाए।

">