काठमाडौं। इङ्लिस प्रियिमर लिगको क्लब टोटेनह्यामले युरोपा लिगमा संघर्षपूर्ण नतिजा निकालेको छ। अन्तिम १० मिनेटमा गरेको दुई गोलमा टोटेनह्यामले ९ खेलाडीमा सिमित बनेको लोकोमोटिभ प्लोभदिभलाई २–१ ले पराजित गरेको हो।
युरोपा लिग छनोटको दोस्रो चरणमा बुल्गेरियाको लोकोमोटिभले ७१औं मिनेटमा अग्रता लिएको थियो। लोकोमोटिभले जर्जि मिन्चोभको गोलबाट अग्रता लिएको थियो। त्यसको सात मिनेटमा दुई खेलाडीले राताको कार्डको सामना गरेपछि लोकोमोटिभ ९ खेलाडीमा सिमित बनेको थियो।
लगत्तै पाएको पेनाल्टी अवसरमा टोटेनह्यामका फरवार्ड ह्यारी केनले पेनाल्टीमा बराबरी गोल फर्काए। ८५औं मिनेटमा टन्गुए एनडोम्बेलेले गरेको गोल टोटेनह्यामको जितमा निर्णायक बन्यो।
२२ वर्षे एनडोम्बेलेलाई टोटेनह्यामले अगष्ट २०१९ मा लियोनबाट ५ करोड ४० लाख पाउण्डमा अनुबन्ध गरेको थियो।
टोटेनह्यामले अब आइतबार प्रिमियर लिगमा साउथह्याम्पटनविरुद्ध खेल्नेछ। प्रिमियर लिगको पहिलो खेलमा टोटेनह्याम एभर्टनसँग १-० ले पराजित भएको थियो।
" /> काठमाडौं। इङ्लिस प्रियिमर लिगको क्लब टोटेनह्यामले युरोपा लिगमा संघर्षपूर्ण नतिजा निकालेको छ। अन्तिम १० मिनेटमा गरेको दुई गोलमा टोटेनह्यामले ९ खेलाडीमा सिमित बनेको लोकोमोटिभ प्लोभदिभलाई २–१ ले पराजित गरेको हो।युरोपा लिग छनोटको दोस्रो चरणमा बुल्गेरियाको लोकोमोटिभले ७१औं मिनेटमा अग्रता लिएको थियो। लोकोमोटिभले जर्जि मिन्चोभको गोलबाट अग्रता लिएको थियो। त्यसको सात मिनेटमा दुई खेलाडीले राताको कार्डको सामना गरेपछि लोकोमोटिभ ९ खेलाडीमा सिमित बनेको थियो।

">