फिफा वरीयतामा नेपाल यथावत, बेल्जियम शीर्ष स्थानमा

काठमाडौं। विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरीयतामा नेपाल १७०औं स्थानमा यथावत रहेको हो। गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो।

त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। एक स्थान घटुवा भएको भारत १०९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा छ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन्। भुटान १८९औं, बङ्गलादेश १८७औं, श्रीलङ्का २०६औं र पाकिस्तान २००औं स्थानमा छन्।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा छन्।

पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो।

एक स्थान झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्