काठमाडौं। प्रिमियर लिगको क्लब लिड्स युनाइटेड गयराति काराबाओ कपमा हल सिटीसँग टाइब्रेकरमा ९-८ ले पराजित भएको छ।
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्सले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो। त्यसअघि मलिक विलकासको गोलमा लिग वानको क्लब हल सिटीले पाँचौं मिनेटमा अग्रता लिएको थियो। लिड्सका इजगान एलिओस्कीले बराबरी गोल फर्काएका थिए।
टाइब्रेकरमा हल सिटीका रक्षक अल्फी जोन्सको गोल निर्णायक बनेको थियो।
प्रिमियर लिगकै अर्को क्लब साउथह्याम्पटन ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। ब्रेन्टफोर्डका क्रिष्टियन नोरगार्ड र जोसुआ डासिल्भाले गोल गरेका थिए।
प्रिमियर लिगको एभर्टनले भने सालफोर्डलाई ३-० ले पराजित गर्याे। एभर्टनको जितमा माइकल केन, गिल्फी सिगुर्डसन, मोइस केनले गोल गरे।
एभर्टनले प्रिमियर लिगको पहिलो खेलमा टोटेनह्यामलाई पराजित गरेको थियो। टोटेनह्यामविरुद्ध खेलेको टीममा प्रशिक्षक कार्लो एन्सेलोट्टीले दश खेलाडी परिवर्तन गरेका थिए।
" /> काठमाडौं। प्रिमियर लिगको क्लब लिड्स युनाइटेड गयराति काराबाओ कपमा हल सिटीसँग टाइब्रेकरमा ९-८ ले पराजित भएको छ।यसै सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्सले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो। त्यसअघि मलिक विलकासको गोलमा लिग वानको क्लब हल सिटीले पाँचौं मिनेटमा अग्रता लिएको थियो। लिड्सका इजगान एलिओस्कीले बराबरी गोल फर्काएका थिए।

">