काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारलाई दुई खेल प्रतिबन्ध लगाइएको छ। नेइमारले मार्सेविरुद्धको खेलमा रातो कार्डको सामना गरेका थिए। नेइमारले लगाएको रंगभेदको आरोपामा भने फ्रान्स फुटबल अधिकारीले अनुसन्धान गर्ने जनाएका छन्।
आइतबार राति सम्पन्न पीएसजी र मार्सेबीचको खेलमा नेइमारसहित पाँच खेलाडीले रातो कार्डको सामना गरेका थिए। नेइमारले मार्सेका रक्षक अल्भारो गोन्जालेजलाई मुक्का प्रहार गरेका थिए।
नेइमारले खेल सकिएपछि सामाजिक सञ्जालमा आफूलाई रंगभेदको गाली गरेको आरोप लागएका थिए। फ्रान्स फुटबल अधिकारीले यस विषयमा अनुसन्धान गर्ने जनाएको छ। तथापी गोन्जालेजले नेइमारको आरोपलाई अस्वीकार गरेका छन्।
नेइमारबाहेक अन्य चार खेलाडीलाई पनि प्रतिबन्ध लगाइएको छ। पीएसजीका रक्षक लेभिन कुर्जवालाई ६ खेलको प्रतिबन्ध लगाइएको छ भने लिनाड्रो परेडेसलाई दुई खेलको प्रतिबन्ध लागेको छ।
मार्सेका जोर्डन एमाभीलाई तीन तथा डारियो बेनेडेट्टोलाई एक खेल प्रतिबन्ध लगाइएको छ। उक्त खेलमा पीएसजी मार्सेसँग १-० ले पराजित भएको थियो।
" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारलाई दुई खेल प्रतिबन्ध लगाइएको छ। नेइमारले मार्सेविरुद्धको खेलमा रातो कार्डको सामना गरेका थिए। नेइमारले लगाएको रंगभेदको आरोपामा भने फ्रान्स फुटबल अधिकारीले अनुसन्धान गर्ने जनाएका छन्।आइतबार राति सम्पन्न पीएसजी र मार्सेबीचको खेलमा नेइमारसहित पाँच खेलाडीले रातो कार्डको सामना गरेका थिए। नेइमारले मार्सेका रक्षक अल्भारो गोन्जालेजलाई मुक्का प्रहार गरेका थिए।

">