काठमाडौं। युलियन ड्राक्सलरले इन्जुरी समयमा गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा पहिलो विजय हासिल गरेको छ। पीएसजीले मेट्जलाई १-० ले पराजित गरेको हो।
यससँगै खराव शुरूआत गरेको पीएसजीको अविजित यात्रा समाप्त भएको छ। साविक विजेता पीएसजी लिगको पहिलो दुई खेलमा पराजित भएको थियो। पीएसजीले सिजनको पहिलो दुई खेल हारेको यो १९८४/८५ पछि यो पहिलो हो। पीएसजीले २०१० पछि लिगमा लगातार तीन खेल हारेको छैन।
अब्डोउ डियालोले ६५औं मिनेटमा रातो कार्डको सामना गरेपछि थोम टुचेलको पीएसजी १० खेलाडीमा सिमित बनेको थियो। पीएसजीका लागि ड्राक्सलरले ९३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
लिगको दोस्रो खेलमा विश्व कीर्तिमान रकममा अनुबन्ध गरेको नेइमारसहित पीएसजीका तीन खेलाडीले रातो कार्डको सामना गरेका थिए। अर्का स्टार किलियन एमबाप्पे कोरोना भाइरस संक्रमणका कारण टीममा उपलब्ध थिएनन्। तथापी गोलकिपर केलर नाभास, रक्षक माक्र्विनहोस र फरवार्ड माउरो इकार्डी भने टीममा फर्किएका थिए।
जितसँगै तीन अंक जोडेको पीएसजी १५औं स्थानमा छ। मेट्जले भने अंक जोड्न सकेको छैन।
" /> काठमाडौं। युलियन ड्राक्सलरले इन्जुरी समयमा गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा पहिलो विजय हासिल गरेको छ। पीएसजीले मेट्जलाई १-० ले पराजित गरेको हो।यससँगै खराव शुरूआत गरेको पीएसजीको अविजित यात्रा समाप्त भएको छ। साविक विजेता पीएसजी लिगको पहिलो दुई खेलमा पराजित भएको थियो। पीएसजीले सिजनको पहिलो दुई खेल हारेको यो १९८४/८५ पछि यो पहिलो हो। पीएसजीले २०१० पछि लिगमा लगातार तीन खेल हारेको छैन।

">