नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

काठमाडौं। नेपाली यु-२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन्। भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो।

उनले सामाजिक सञ्जालमार्फत आफू भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराएका हुन्। आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन्।

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन्। उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए।

परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए।

अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए।

प्रतिक्रिया दिनुहोस्