काठमाडौं। जुड बेलिंगहमले डेब्यू खेलमा गोल गरेको दिन बोरुसिया डर्टमण्डले गयराति जर्मन कपमा डुइसबर्गमाथि फराकिलो विजय हासिल गरेको छ।
१७ वर्षे बेलिंगहम यसै सिजन बर्मिङघम सिटीबाट डर्टमण्डसँग अनुबन्ध भएका थिए।
डर्टमण्डले १५औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो। त्यसको १५ मिनेटपछि बेलिंगहमले अग्रता दोब्बर बनाएका थिए।
३८औं मिनेटमा डोमिनिक भोल्कमरले रातो कार्डको सामना गरेपछि डुइसबर्ग १० खेलाडीमा सीमित बनेको थियो।
थोर्गान हाजार्डले ३९औं मिनेटमा फ्रिकिकमा गोल गरे। ५०औं मिनेटमा जियोभानी रेनाले अर्को गोल थपे। ५८औं मिनेटमा मार्को रेउसले गोल गरेपछि डर्टमण्ड फराकिलो विजय हासिल गर्न सफल भएको हो।
डर्टमण्डले अब १९ सेप्टेम्बरमा बोरुसिया मोन्चेनग्लाडबचविरुद्धको खेलबाट बुन्डेसलिगाको सुरुआत गर्नेछ।
" /> काठमाडौं। जुड बेलिंगहमले डेब्यू खेलमा गोल गरेको दिन बोरुसिया डर्टमण्डले गयराति जर्मन कपमा डुइसबर्गमाथि फराकिलो विजय हासिल गरेको छ।१७ वर्षे बेलिंगहम यसै सिजन बर्मिङघम सिटीबाट डर्टमण्डसँग अनुबन्ध भएका थिए।

">