दुर्घटनामा परेका ललितसिंह थप उपचारका लागि ग्राण्डीमा भर्ना

काठमाडौं। सडक दुर्घटनामा परेका राष्ट्रिय क्रिकेट टीमका सदस्य ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सिटी स्क्यान रिपोर्टअनुसार ललितसिंहको टाउकोमा चोट नलागेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको थियो। टाउकोमा चोट नदेखिए पनि ललितसिंहको कलेजोमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं ल्याइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

‘‘अहिले उनको स्वास्थ्य अवस्था स्थिर नै छ,’’ क्यानका अध्यक्ष चन्दले भने, “तर कलेजोमा चोट देखिएका कारण यहाँभन्दा काठमाडौंमा राम्रो उपचार हुने भएकाले ग्राण्डी लगेका हौं।”

सिफारिस

दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीसहित दुईजना घाइते

आइतबार बिहान धनगढीबाट महेन्द्रनगरतर्फ जाने क्रममा ललितसिंहको मोटरसाइकल दुर्घटना भएको थियो। ललितसिंहलाई ट्रकले ठक्कर दिएको थियो।

तीव्र गतिका बलर ललितसिंहको हात र खुट्टामा चोट लागेको छ। दुर्घटनामा अचेत अवस्थामा रहेका उनको शुरूमा धनगढीको निसर्ग हस्पिटलमा उपचार गरिएको थियो। पछि उनलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्