काठमाडौं। अस्ट्रियाका डोमिनिक थिमले पहिलो ग्राण्ड स्लामको उपाधि जितेका छन्। थिमले उत्कुष्ट पुनरागमन गर्दै एलेक्जेन्डर जेभेरेभलाई ३-२ को सेटमा हराउँदै युएस ओपनको उपाधि जितेका हुन्।
दोस्रो वरीयताप्राप्त थिमले पहिलो दुई सेट हारेर पनि उपाधि जित्न सफल भए। २७ वर्षे थिमले जर्मनीका २३ वर्षे जेभेरेभलाई २–६, ४–६, ६–४, ६–३, ७–६ (८/६) को सेटमा हराएका हुन्।
पाँचौ वरीयताप्राप्त जेभेरेभ पहिलो पटक ग्राण्ड स्लाम फाइनल खेल्दै थिए। जेभेरेभको कम अनुभवको फाइदा थिमले लिए।
‘‘आज दुईजनालाई विजेता घोषित गर्न चाहन्छु। हामी दुवै त्यसका हकदार थियौं,’’ उपाधि जितेपछि थिमले भने, ‘‘खेल सकिएपछि मात्र मलाई आनन्द महसुस भएको थियो। यो महत्वपूर्ण उपाधि हो। टेनिसमा हासिल गर्ने सबभन्दा ठूलो उपलब्धि यही हो।’’
थिम चौथो पटकको ग्राण्ड स्लाम फाइनलमा उपाधि जित्न सफल भएका हुन्। यसअघि उनी २०२० को अस्ट्रेलिया ओपन तथा २०१८ र २०१९ को फ्रेन्च ओपन फाइनलमा पराजित भएका थिए। यससँगै पुरुष ग्राण्ड स्लाममा नयाँ विजेता जन्मिएका छन्।
थिम २०१८ को फ्रेन्च ओपनमा राफेल नाडालसँग ३-० को साझो सेटमा पराजित भएका थिए भने २०१९ मा नाडालसँग ३-१ को सेटमा पराजित भएका थिए। २०२० को अस्ट्रेलियन ओपनमा भने नोभाक जोकोभिचसँग ३–२ ले पराजत भएका थिए।
" /> काठमाडौं। अस्ट्रियाका डोमिनिक थिमले पहिलो ग्राण्ड स्लामको उपाधि जितेका छन्। थिमले उत्कुष्ट पुनरागमन गर्दै एलेक्जेन्डर जेभेरेभलाई ३-२ को सेटमा हराउँदै युएस ओपनको उपाधि जितेका हुन्।दोस्रो वरीयताप्राप्त थिमले पहिलो दुई सेट हारेर पनि उपाधि जित्न सफल भए। २७ वर्षे थिमले जर्मनीका २३ वर्षे जेभेरेभलाई २–६, ४–६, ६–४, ६–३, ७–६ (८/६) को सेटमा हराएका हुन्।

">