काठमाडौं। विश्व विजेता इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २४ रनको रोमाञ्चक विजय हासिल गरेको छ।
२३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एक समय १४४-२ को स्थितिमा थियो। त्यसपछि क्रिस वक्स जोर्फा आर्चरले २१ बलमा तीन रन दिएर चार विकेट लिएपछि खेल इङ्ल्यान्डको पक्षमा गएको थियो।
भ्रमणकारी अस्ट्रेलियाले पछिल्लो आठ विकेट गुमाउँदा ६३ रन मात्र जोड्न सक्यो।
अस्ट्रेलिया ४८.४ ओभरमा २०७ रन जोड्दा सबै गुमाएको थियो। अन्तिम विकेटका लागि एलेक्स क्यारी र जोश हाज्लेउडले ३१ रनको साझेदारी गरेका थिए।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर ब्याटिङ थालेको ९ विकेट गुमाएर २३१ रन बनाएको थियो। एक समय घरेलु टीम इङ्ल्यान्ड १४९-८ को स्थितिमा थियो। एडिल रशिद र टम कुरानले इङ्ल्यान्डलाई २३१–९ को स्थितिमा पुर्याएका थिए।
कुरान ३७ रनमा आउट हुँदा रशिद ३५ रनमा अविजित रहे। आर्चर ६ रनमा अविजित रहे।
इयान मोर्गानले ४२, जो रुटले ३९, क्रिस वक्सले २६ तथा जसोन रोएले २१ रन बनाए। अस्ट्रेलियाका एडम जम्पाले तीन विकेट लिए भने मिचेल स्टार्कले दुई विकेट लिए। हाज्लेउड, पेट कुमिन्स र मिचेल मार्शले एक/एक विकेट लिए।
अस्ट्रेलियाका कप्तान एरोन फिन्चले ७३, मार्नुस लाबुसेनले ४८, एलेक्स क्यारीले ३६ र कुमिन्सले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। इङ्ल्यान्डका वक्स, आर्चर र साम कुरानले समान तीन विकेट लिए। रशिदले एक विकेट लिए।
यससँगै तीन खेलको शृंखला १-१ को बराबरी भएको छ।
" /> काठमाडौं। विश्व विजेता इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २४ रनको रोमाञ्चक विजय हासिल गरेको छ।२३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एक समय १४४-२ को स्थितिमा थियो। त्यसपछि क्रिस वक्स जोर्फा आर्चरले २१ बलमा तीन रन दिएर चार विकेट लिएपछि खेल इङ्ल्यान्डको पक्षमा गएको थियो।

">