लेस्टरको सहज जितमा भार्डेको दुई गोल
एजेन्सी। जेमी भार्डेको दुई गोल प्रेरित लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आज वेस्टब्रोमलाई ३-० को नतिजामा पराजित गरेको छ।
तर, दोस्रो हाफमा थप आक्रामक शैली अपनाएको लेस्टरका लागि ५६औं मिनेटमा टिमोथी कास्टाग्नेले पहिलो गोल गरेका थिए।
त्यस्तै, ७३औं मिनेटमा वेस्टब्रोमका काएल बार्ट्लेले भार्डेमाथि पेनाल्टी एरियामा फाउल गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीको सदुपयोग गर्दै भार्डले भ्रमणकारी लेस्टरको अग्रता दोब्बर पारे।
निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा डारा ओ'सेयाले पुन: लेस्टरका जेम्स जस्टिनविरुद्ध १८ यार्ड बक्समा फाउल गरेपछि ब्रेन्डेन रोजर्सको टोलीले दोस्रो पेनाल्टी पायो।
उक्त पेनाल्टीलाई पुन: गोलमा परिणत गर्दै भार्डेले लेस्टरको सहज जित सुनिश्चित गरे।
जितसँगै लेस्टरले तीन अंक जोडेको छ।
प्रतिक्रिया दिनुहोस्