आईपीएल खेल्न सन्दीप यूएईतर्फ उडे
काठमाडौं। नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्।

उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उडेका हुन्। ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै यूएई गएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि यूएईतर्फ लागेका छन्। यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ यूएईमा हुँदैछ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन्। आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ।

सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ। उनलाई दिल्ली क्यापिटल्सले ३२ लाखमा अनुबन्ध गरेको हो। सन्दीप सीपीएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए।

नियमित उडान बन्द भएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए। यस वर्षको सीपीएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो।

उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्। सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो। सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए।

उनी सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहे।

रासस

प्रतिक्रिया दिनुहोस्