प्रिमियर लिगको पहिलो खेलमा आर्सनलको फराकिलो जित
काठमाडौं। आजबाट सुरु भएको इङ्लिस प्रिमियर लिगको नयाँ सिजको पहिलो खेलमा आर्सनलले सुखद सुरुआत गरेको छ।
घरेलु टोलीमाथि हाबी बनेको आर्सनलले आठौं मिनेटमा अलेक्जेन्डर लाकाजेटले गरेको गोलबाट अग्रता लिएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको फुल्ह्यामले दोस्रो हाफमा थप दुई गोल खायो। मिकेल अर्टेटाको आर्सनलका लागि रक्षक गाब्रियलले हेडरमार्फत गोल गर्दैै ४९ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारेका थिए।
त्यसको आठ मिनेट नबित्दै विलियनको अर्को पासलाई गोलमा परिणत गर्दै कप्तान पिएर एम्रिक अबामियाङले आर्सनलको जित सुनिश्चित गरे।
गत सिजन आठौं स्थानमा रहेर सिजन टुङ्ग्याएको आर्सनलले पहिलो खेलमा हासिल गरेको जीतसँगै नयाँ सिजनको राम्रो सुरुआत गरेको छ।
प्रतिक्रिया दिनुहोस्