काठमाडौं। म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा प्रिमियर लिगको पहिलो खेलमा क्रिष्टल प्यालेसविरुद्ध खेल्नेमा अनिश्चितता पैदा भएकाे छ।
कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि पोग्बाले पछिल्ला केही खेल गुमाएका थिए। पोग्बाले फ्रान्सले यूईएफए नेसन्स लिगमा खेलेको दुवै खेल गुमाए।
उनी युनाइटेडको प्रशिक्षणमा फर्किए पनि पहिलो खेल खेल्नेमा शंका छ।
‘‘कोरोना भाइरसका कारण पोग्बाले पछिल्ला केही सेसन गुमाए,’’ सोल्सायरल भने, ‘‘उनी चाँडै फिट भएका छन्। आशा गरौं उनी अर्को साता टीममा उपलब्ध हुनेछन्। म त्यसमा शतप्रतिशत विश्वस्त छैन।’’
युनाइटेडले १९ सेप्टेम्बरबाट क्रिष्टल प्यालेसविरुद्धको खेलबाट प्रिमियर लिगको नयाँ सिजन सुरु गर्नेछ।
चोटका कारण गत सिजन पोग्बा धेरै समय मैदान बाहिरै बसे।
महामारीका कारण स्थगित भएर पुनः लिग सुरु हुँदा पोग्बाले सोल्सायरको टीममा प्रभावशाली प्रदर्शन गरेका थिए।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा प्रिमियर लिगको पहिलो खेलमा क्रिष्टल प्यालेसविरुद्ध खेल्नेमा अनिश्चितता पैदा भएकाे छ।कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि पोग्बाले पछिल्ला केही खेल गुमाएका थिए। पोग्बाले फ्रान्सले यूईएफए नेसन्स लिगमा खेलेको दुवै खेल गुमाए।

">