काठमाडौं। इङ्ल्यान्डका साम विलिङ्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाए पनि घरेलु टीम अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा १९ रनले पराजित भएको छ।
म्यानचेस्टर स्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९४ रन बनाएको थियो। २९५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ९ विकेट गुमाएर २७५ रन मात्र बनाउन सक्यो।
२९५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले शुरूको चार विकेट चाडै गुमाएको थियो। जोस हाज्लेउड र एडम जम्पाले उत्कृष्ट बलिङ गरेपछि इङ्ल्यान्ड ५७-४ को स्थितिमा थियो। विलिङ्सले ११८ र जोनी बेयरिस्टोले ८८ रन बनाएपछि इङ्ल्यान्डले आशा पलाएको थियो। तर, दुई ब्याट्सम्यान आउट भएपछि घरेलु टोली लक्ष्य भेट्टाउन असफल रह्यो।

‘‘म निराश छु। टीमलाई जिताउन सकिनँ,’’ विलिङ्सले भने, ‘‘मिश्रित अनुभव भइरहेको छ। पहिलो शतक बनाउन पाउँदा खुशी लागे पनि टीमलाई जिताउन असफल रहे। उनीहरुले राम्रो बलिङ गरे। एक जनाले दिनभर एउटै लयमा बलिङ गर्न सक्छ भनेर सोचेको थिइँन।’’
विलिङ्स र बेयरिस्टोबाहेक कप्तान इयान मोर्गानले २३ रन जोड्नुबोहक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। अष्ट्रेलियाका जम्पाले चार विकेट लिए भने हाज्लेउडले तीन विकेट लिए। पेट कुमिन्स र मिचेल मार्शले समान एक/एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पनि शुरूमा निरन्तर विकेट गुमाएको थियो। ओपनर डेबिड वार्नर र एरोन फिन्च आउट हुँदा भ्रमणकारी टीमले ४३ रन जोडेको थियो। मार्कुस स्टोइनिसले ४३ र मार्नुस लाबुसेनले २१ रन बनाएर अष्ट्रेलियाको इनिङ उकास्ने प्रयास गरे।
स्टोइनिस र मार्नुस आउटभएसँगै एलेक्स क्यारी पनि आउट भएपछि अष्ट्रेलिया १२३-५ को स्थितिमा थियो। त्यसपछि मिचेल मार्श र ग्लेन म्याक्सवेलले १२६ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९४ रन बनाउन सक्यो।
म्याक्सवेलले ५९ बलमा ७७ रन बनाए भने मार्शले १०० बलमा ७३ रन बनाए। मिचेल स्टार्क १९ रनमा अविजित रहे।
इङ्ल्यान्डका जोर्फा आर्चर र मार्क उडले समान तीन विकेट लिए। एडिल रशिदले दुई तथा क्रिस वक्सले एक विकेट लिए।
जितसँगै अष्ट्रेलियाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ।
" /> काठमाडौं। इङ्ल्यान्डका साम विलिङ्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाए पनि घरेलु टीम अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा १९ रनले पराजित भएको छ।म्यानचेस्टर स्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९४ रन बनाएको थियो। २९५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ९ विकेट गुमाएर २७५ रन मात्र बनाउन सक्यो।

">