काठमाडौं। जर्मनीका एलेक्जेन्डर जेभेरेभले पहिलो पटक युएस ओपनको फाइनलमा स्थान बनाएका छन्। सशक्त पुनरागमन गरेका जेभेरेभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ३-२ को सेटमा हराउँदै उपाधिका लागि भीडन्त पक्का गरेका हुन्।
पहिलो दुई नतिजा हेर्दा पाँचौं वरियाताप्राप्त जेभेरेभ कारेनो बुस्टासँग पराजित हुने संकेत दिएको थियो। तर, दुई सेट हारे पनि जेभेरेभले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेका हुन्। २०औं वरियाता प्राप्त कारेनो बुस्टालाई जेभेरेभले ३-६, २-६, ६-३, ६-४, ६-३ को स्कोरमा पराजित गरेका हुन्।
जेभेरेभले अब फाइनलमा डोमिनिक थिम र ड्नियल मेदभेदेभबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। दोस्रो वरियाताप्राप्त अस्ट्रियाका थिमले दोस्रो सेमिफाइनलमा रुसका मेदभेदेभसँग प्रतिस्पर्धा गर्न लागेका हुन्। मेदभेदेभगत वर्ष स्पेनका राफेल नाडालसँग फाइनलमा पराजित भएका थिए।
‘‘मैले अझ राम्रो र स्थित प्रदर्शन गर्नुपर्छ,’’ जेभेरेभले भने, ‘‘दुई सेट हारेर मैले कहिल्यै पुनरागमन गर्न सकेको थिइन। आज यो स्थानमा हुन पाउँदा खुशी छु। पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा पुगेको त्यो सबभन्दा महत्वपूर्ण हो।’’
" /> काठमाडौं। जर्मनीका एलेक्जेन्डर जेभेरेभले पहिलो पटक युएस ओपनको फाइनलमा स्थान बनाएका छन्। सशक्त पुनरागमन गरेका जेभेरेभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ३-२ को सेटमा हराउँदै उपाधिका लागि भीडन्त पक्का गरेका हुन्।पहिलो दुई नतिजा हेर्दा पाँचौं वरियाताप्राप्त जेभेरेभ कारेनो बुस्टासँग पराजित हुने संकेत दिएको थियो। तर, दुई सेट हारे पनि जेभेरेभले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेका हुन्। २०औं वरियाता प्राप्त कारेनो बुस्टालाई जेभेरेभले ३-६, २-६, ६-३, ६-४, ६-३ को स्कोरमा पराजित गरेका हुन्।

">