काठमाडौं। प्रिमियर लिगका खेलाडी मैदानमा नस्लवाद विरोधी अभियानमा समर्थन जारी रहे पनि ‘ब्ल्याक लाइभ्स म्याटर’सँग भने नजोडिने भएका छन्। शनिबार २०२०–२१ सिजन सुरु हुँदै छ। खेलाडीले खेल सुरु हुनुअघि घुँडा टेकेर नस्लवादको विरोध जनाउने छन्, तर टिसर्टमा केही लेखिने छैन भने उनीहरुले नस्लवादसम्बन्धी कुनै नारा पनि लगाउने छैनन्।
वर्णगत अन्यायविरुद्धको आन्दोलनलाई सहयोग पुर्याउन प्रिमियर लिगले गत सिजनमा नारालाई आत्मसात गरेको थियो। तर फुटबलको प्रसिद्ध प्रिमियर लिग अमेरिकालगायत अन्य क्षेत्रमा यो विवादित हुन पुग्यो।
कोरोना भाइरसका कारण लिग स्थगित हुन पुगेको थियो। गत सिजनमा खेलाडीहरुले पूरै ९ म्याच दिनमा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको टिसर्ट लगाएका थिए। अमेरिकाको मिनियापोलिसमा जर्ज फ्लोयड नामका एक अश्वेतमाथि प्रहरी दमन हुँदा उनको मृत्यु भयो। त्यसको विरोध अमेरिकामात्रै होइन, बेलायत र अन्य देशमा पनि भयो। यसमा खेलाडीमात्रै होइन। प्रिमियर लिगकै असामान्य ऐक्यवद्धता रहन गयो। उनीहरुले टिसर्टमा आफ्नो नामको सट्टा ब्ल्याक लाइभ्स म्याटर लेखे।
त्यस्तै नामको संगठन मौजुद रहेका कारण समयक्रममा उक्त अभियान लिगका निम्ति असहज बन्न पुग्यो। प्रमुख कार्यकारी रिचर्ड मास्टर्सलाई उक्त नाराको सार्थकता डीसीएमएस कमिटीसामु प्रष्ट पार्न लगाइयो। र, उक्त नाराको सामाजिक अर्थ र राजनीतिक आन्दोलनका बीच एउटा भिन्नता छुट्याउन भनियो।
अघिल्लो सिजनमा प्रमुख कार्यकारी मास्टर्सले क्लबका क्याप्टेनहरुसँग सल्लाह गरे। र, खेलाडी ब्ल्याक लाइभ्स म्याटर लगाउने सहमति बन्यो। त्यसले प्रभाव पनि पार्यो। ‘‘हामी, हाम्रा क्लब, खेलाडी र म्याच अफिसियल्स सबै नै नस्लीय विभेदविरुद्ध उभिन प्रतिबद्ध भयौं,’’ मास्टर्स भन्छन्, ‘‘यो सन्दर्भमा अहिले पनि खेलाडीको आवाज बलियो छ, जस्तो हामीले अघिल्लो सिजनमा देखेका थियौं। हामी विभेदविरुद्ध आवाज उठाइरहने छौं र प्रिमियर लिग सदा आफ्नो अडानमा अडिग रहने छ।’’
‘नो रुम फर रेसिज्म’ प्रिमियर लिगको अभियान हो, जुन इङ्लिस फुटबलको विभेदविरुद्धको समूह ‘किक इट अप’सँग सम्बद्ध छ। यो २०१९ मा सुरु भएको थियो र यसको मुख्य उद्देश्य खेलसंसारबाट विभेद उन्मूलन गर्नु रहेको छ। ‘‘कुनै पनि खालका विभेदलाई नो रुम फर रेसिज्मले शून्य सहनशीलताका रुपमा लिन्छ,’’ मास्टर्स भन्छन्, ‘‘यस्ता खालका व्यवहारविरुद्ध क्लब, खेलाडी, सहयोगहरु मिलेर आवाज उठाइरहने छौं।’’
(दि गार्जियन)