कागेश्वरी मनोहरा भर्चुअल पुम्से हुने
काठमाडौं। कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ देखि हुने भएको छ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन्।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमश: ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

‘मस्ट पपुलर प्लेयर’ लाई नगद ५ हजारसहित पुरस्कृत गरिने छ। यो विधाको चयन गर्न हरेक खेलाडीको भिडिओलाई युट्युबमा राखिने छ।

ती मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ। कागेश्वरी मनोहरा नगरपालिका र युनिटी तेक्वान्दो डोजाङ, हङकङको प्रायोजनमा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर ५ सम्म नाम दर्ता गराइसक्नु पर्ने छ।

नाम दर्ता गराएका खेलाडीले अक्टोबर ७ देखि ८ तारिखसम्म आफ्नो खेलको भिडिओ आयोजकलाई पठाउनु पर्नेछ। भिडिओ बढीमा ९० सेकेन्डको मात्र हुनुपर्ने आयोजकले बताएको छ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न अशोक खड्का, विक्रम खड्गी, मीन न्यौपाने, नोर्बु लामा र हीराबहादुर थापालाई निर्णायकमा चयन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्