काठमाडौं। लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बढुवा भएर आएको नयाँ क्लब लेन्ससँग पराजित हुँदै नयाँ सिजनको सुरूआत गरेको छ। बिहीबार राति लेन्सको मैदानमा सम्पन्न खेलमा पीएसजी १-० ले पराजित भएको हो।
पीएसजी मुख्य खेलाडीहरू नेयमार, किलियन एम्बाप्पे, एंगल डी मारिया लगायतविनै मैदानमा उत्रिएको थियो, जसको फाइदा लेन्सले उठायो। एम्बाप्पेलाई केही दिनअघि कोरोना पोजिटिभ देखिएको थियो।
पाँच हजार दर्शकमाझ खेलिएको खेलमा पीएसजीका गोलकिपर मार्सिन बुल्काले गल्ती गर्दा इनासस गनागोले गरेको गोल नै लेन्सलाई विजयीका लागि पर्याप्त भएको थियो। उनले ५७औं मिनेटमा गोल गरेका थिए।
च्याम्पियन्स लिगको उपविजेता पीएसजीले लिग वानमा गत सिजन तीन खेलमा मात्र पराजय बेहोरेको थियो।
" /> काठमाडौं। लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बढुवा भएर आएको नयाँ क्लब लेन्ससँग पराजित हुँदै नयाँ सिजनको सुरूआत गरेको छ। बिहीबार राति लेन्सको मैदानमा सम्पन्न खेलमा पीएसजी १-० ले पराजित भएको हो।पीएसजी मुख्य खेलाडीहरू नेयमार, किलियन एम्बाप्पे, एंगल डी मारिया लगायतविनै मैदानमा उत्रिएको थियो, जसको फाइदा लेन्सले उठायो। एम्बाप्पेलाई केही दिनअघि कोरोना पोजिटिभ देखिएको थियो।

">