ह्यान्डबल संघद्वारा ११९ जनाको कोरोना बीमा
पोखरा। नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरी ११९ जनाको कोरोना बीमा गरेको छ।

विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना बीमा गराएको हो।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना बीमा गरिएको संघका महासचिब सन्देश रेग्मीले जानकारी दिए।

“हामीले पहिलो चरणमा १ सय १९ जनाको बीमा गरेका छौं” महासचिब रेग्मीले भने-“अझै करिब ५० जना छन्, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साता भित्रै सवैको बीमा गर्दैछौं।” सवै प्रदेश र जिल्लाहरुबाट बीमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए।

संघले जुनियर तथा सिनियर लेभलमा केही वर्ष देखि यताका जुनसुकै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना बीमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए।

उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत बाँड्नका लागि सबै जिल्लाहरुबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक बिनियमसमेत संघले तयार पारिसकेको जानकारी दिए।

अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आई.एच.एफ) ले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्विस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्