काठमाडौं। डोमिनिक थिम गएराति अर्थर एशे रंगशालामा इतिहास रच्न सफल भएका छन्। २१औं वरियाताप्राप्त एलेक्स डी मिनौरलाई ३-० को सेटमा हराउँदै थिमले युएस ओपनको अन्तिम चारमा स्थान बनाएका छन्। यसँगै उनी युएस ओपनको सेमिफाइनलमा स्थान बनाउने पहिलो अष्ट्रियन खेलाडी बनेका छन्।
दोस्रो वरियाता प्राप्त अस्टेलियाका डी मिनौरलाई ६-१, ६-२, ६-४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्। २१ वर्षे डी मिनौर २००९ मा हुवा मार्टिनपछि युएस ओपनको सेमिफाइनल खेल्ने सबभन्दा कान्छा खेलाडी हुन्। थिमले डी मिनौरलाई हराउँन दुइ घण्टा चार मिनेट समय लगाएका थिए।
‘‘शुरूबाटै लय समाउन सफल भए,’’ थिमले भने, ‘‘यसपटक रोजर फेडेरर, राफेल नाडाल र जोकोभिच छैनन। तर यहाँ अझै मेदभेदेभ, जेभेरेभ र कारेनो बुष्टाजस्ता खेलाडी छन्। तीनजना नै उत्कृष्ट खेलाडी हुन्। सबै यस प्रतियोगिताको उपाधि जित्न सक्षम छन्।’’
थिमले अब रुसका तेस्रो वरियाताप्राप्त ड्नियल मेदभेदेभसँग प्रतिस्पर्धा गर्नेछन्। मेदभेदेभले आफ्नै देशका आन्द्रे रुबलेभलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए।
" /> काठमाडौं। डोमिनिक थिम गएराति अर्थर एशे रंगशालामा इतिहास रच्न सफल भएका छन्। २१औं वरियाताप्राप्त एलेक्स डी मिनौरलाई ३-० को सेटमा हराउँदै थिमले युएस ओपनको अन्तिम चारमा स्थान बनाएका छन्। यसँगै उनी युएस ओपनको सेमिफाइनलमा स्थान बनाउने पहिलो अष्ट्रियन खेलाडी बनेका छन्।दोस्रो वरियाता प्राप्त अस्टेलियाका डी मिनौरलाई ६-१, ६-२, ६-४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्। २१ वर्षे डी मिनौर २००९ मा हुवा मार्टिनपछि युएस ओपनको सेमिफाइनल खेल्ने सबभन्दा कान्छा खेलाडी हुन्। थिमले डी मिनौरलाई हराउँन दुइ घण्टा चार मिनेट समय लगाएका थिए।

">