काठमाडौं। बेलारुसकी भिक्टोरिया अजरेन्काले २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको अन्तिम चारमा स्थान बनाएकी छिन्। अजरेन्काले बेज्लियमकी १६औं वरियाता एलिस मार्टेन्सलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन्।
२०१६ मा छोरा जन्माएपछि दुई पटकको अस्ट्रेलियन ओपन विजेता अजरेन्काले पुरानो लय भेट्टाउन संघर्ष गर्नुपरेको थियो। तर, गएराति अजरेन्काले मार्टेन्सविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरिन्। उनले मार्टेन्सलाई हराउन ७३ मिनेट मात्र समय खर्चेकी थिइन्।
अजरेन्काले मार्टेन्सविरुद्ध ६-१, ६-० को सहज विजय हासिल गरिन्। अजरेन्काले अब अमेरिकाकी तेस्रो वरियाताप्राप्त सेरेना विलियम्सविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। सेरेनाले स्भेताना पिरोनकोभालाई २-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी थिइन्।
यससँगै युएस ओपनमा सेमिफाइनल समिकरण पूरा भएको छ। अर्को सेमिफाइनलमा चौथो वरियाताप्राप्त नाओमी ओसाका र जेनिभर बार्डेबीच प्रतिस्पर्धा हुनेछ।
" /> काठमाडौं। बेलारुसकी भिक्टोरिया अजरेन्काले २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको अन्तिम चारमा स्थान बनाएकी छिन्। अजरेन्काले बेज्लियमकी १६औं वरियाता एलिस मार्टेन्सलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन्।२०१६ मा छोरा जन्माएपछि दुई पटकको अस्ट्रेलियन ओपन विजेता अजरेन्काले पुरानो लय भेट्टाउन संघर्ष गर्नुपरेको थियो। तर, गएराति अजरेन्काले मार्टेन्सविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरिन्। उनले मार्टेन्सलाई हराउन ७३ मिनेट मात्र समय खर्चेकी थिइन्।

">