काठमाडौं। गत वर्षको उपविजेता ड्नियल मेदभेदेभले रुसका एन्ड्रे रुभलेभलाई ३-० को सोझो सेटमा हराउँदै युएस ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्।
तेस्रो वरियाताप्राप्त मेदभेदेभले रुभलेभलाई ७-६ (८/६), ६-३, ७-६ (७/५) को सेटमा हराएका थिए। मेदभेदेभले अब दोस्रो वरियाताप्राप्त डोमिनिक थिम र एलेक्स डी मिनौरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। गत वर्ष मेदभेदेभ फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए।
‘‘आज निकै प्राविधिक र प्रतिस्पर्धात्मक खेल भयो। जित्न पाउँदा खुशी छु,’’ मेदभेदेभले भने।
रोजर फेडेरर र नाडालले प्रतियोगितामा भाग लिएनन् भने जोकोभिच कारबाहीमा परेर प्रतियोगिताबाट बाहिरिए पछि टेनिसको ‘बीग थ्री’ युएस ओपनमा छैनन्। यस्तो अवस्थामा नयाँ खेलाडीले उपाधि जित्ने सम्भावना बलियो छ। त्यसमा मेदभेदेभ एक हुन्।