सन्दीपको बलिङ बरीयता खस्कियो
काठमाडाैं।लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरीयता खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरीयतामा सन्दीप एक स्थान झरेका हुन्।

नयाँ बरीयतामा सन्दीप ८०औँ स्थानमा छन्। उनले कूल ३ सय ८९ रेटिङ अङ्क पाएका छन्। यस अघि आईसीसीले सार्वजनिक गरेको बरीयतामा सन्दीप ७९ औँ स्थानमा थिए। हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एण्ड टोबागोमा छन्।

उनले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त गरेका थिए।

यस्तै विश्व बलिङ बरीयतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमश: पहिलो र दोस्रो स्थानमा छन्। दुवै जना हाल सीपीएल खेलिरहेका छन्।

सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेलेका थिए। यस्तै आईसीसीको बलिङ बरीयतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै  एडम जाम्पा पाँचौं स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्