काठमाडौं। गारेथ साउथगेटको इङ्ल्यान्ड युईएफए नेशन्स लिगमा मंगलबार राति डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको छ।
इङ्ल्यान्डका युवा स्टार फिल फोडान र मासन ग्रिनउड कोरोना भाइरस संक्रमित भएपछि टीममा उपलब्ध थिएनन्। केली वाल्कर पनि पहिलो खेलमा रातो कार्डको सामना गरेका कारण टीममा थिएनन्।
इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले तीन खेलाडीलाई डेब्यू गराए। उल्भरह्याम्पटनका रक्षक कोनर कोडी, लिड्स युनाइटेडका केल्भिन फिलिप्स र एस्टन भिल्लाका ज्याक ग्रेलिसले डेब्यू गरेका थिए।
दुबै टीमले गोलका केही राम्रो अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपर्यो।
बराबरीसँगै चार अंक जोडेको इङ्ल्यान्ड युईएफए नेशन्स लिगमा समूह दुईको दोस्रो स्थानमा छ। ६ अंकका साथ बेल्जियम शीर्ष स्थानमा छ। बेल्जियमले आइसल्यान्डलाई ५-१ ले हराएको थियो।
इङ्ल्यान्डले पहिलो खेलमा आइसल्यान्डलाई १-० ले हराएको थियो। डेनमार्क पहिलो खेलमा बेल्जियमसँग २-० पराजित भएको थियो।
नेशन्स लिग ‘सी’ को समूह एक मा अजरबैजनले साइप्रसलाई १-० ले पराजित गर्यो भने मोन्टेनेग्रोले लेक्जेमबर्गलाई १-० ले हरायो।
" /> काठमाडौं। गारेथ साउथगेटको इङ्ल्यान्ड युईएफए नेशन्स लिगमा मंगलबार राति डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको छ।इङ्ल्यान्डका युवा स्टार फिल फोडान र मासन ग्रिनउड कोरोना भाइरस संक्रमित भएपछि टीममा उपलब्ध थिएनन्। केली वाल्कर पनि पहिलो खेलमा रातो कार्डको सामना गरेका कारण टीममा थिएनन्।

">