काठमाडौं। म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाले इङ्ल्यान्डको पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।
इङ्ल्यान्ड व्यवसायिक फुटबल संघको अवार्ड जित्ने डी ब्रुयना म्यानचेस्टर सिटीका पहिलो खेलाडी हुन्। गत सिजन उनले १३ गोल गरेका थिए भने २० गोलमा अवसर सिर्जना गरिदिएका थिए।
२९ बर्षे डी ब्रुयनाले सफलताको श्रेय सिटीका प्रशिक्षक पेप ग्वार्डीओलालाई दिए। प्रशिक्षक ग्वार्डिओलाले खुलेर खेल्न दिएका कारण सफलता हात परेको उनले बताए।
‘‘टीमका बारेमा हामी धेरै छलफल गर्छौं। उनलाई मेरोबारे धेरै थाहा छ। म उनको निर्देशनको पालना गर्छु,’’ डी ब्रुयनाले भने, ‘‘उनले मलाई धेरै स्वतन्त्रता पनि दिएका छन्। किन हो थाहा छैन तर हाम्रो धेरै कुरा मिल्छ।’’
लिभरपुलका भर्जिल भान डाइकले २०१९ र मोहम्मद सालाहले २०१८ मा यो अवार्ड जितेका थिए। लिभरपुलले नै सिटीलाई लगातार तीन पटक प्रियिमर लिगको उपाधि जित्नबाट रोकेको थियो। लिरभपुलले गत सिजन ३० वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको थियो। सिटीमा उपविजेतामा सिमित बनेको थियो।
भान डाइकसहित लिभरपुलका सडियो माने, जोर्डन हेन्डरसन, ट्रेन्ट एलेक्जेन्डर-आर्नोल्ड र एन्ड्रयू रोबर्टसन प्रिमियर लिगको वर्ष टीममा पर्न सफल भएका छन्।
लिभरपुलका रक्षक अलेक्जेन्डर अर्नोल्डले पुरुषतर्फ युवा बर्ष खेलाडीको अवार्ड जिते। बेथ इङ्ल्याण्डले महिला वर्ष खेलाडीको अवार्ड हात पारिन्। उनले चेल्सीलाई वुमन्स सुपर लिग र लिग कपको उपाधि जिताउन भुमिका खेलेकी थिइन्। वेथले सबैखाले प्रतियोगितामा २१ गोल गरेकी थिइन्।
" /> काठमाडौं। म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाले इङ्ल्यान्डको पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।इङ्ल्यान्ड व्यवसायिक फुटबल संघको अवार्ड जित्ने डी ब्रुयना म्यानचेस्टर सिटीका पहिलो खेलाडी हुन्। गत सिजन उनले १३ गोल गरेका थिए भने २० गोलमा अवसर सिर्जना गरिदिएका थिए।

">