काठमाडौं। जर्मनीको पाँचौं वरियता प्राप्त एलेक्डेन्जर जोभेरेभले क्रोएसियाका बोर्ना कोरिचलाई ३-१ को सेटमा हराउँदै युएस ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्।
जेभेरेभले युएस ओपनको सेमिफाइनलमा स्थान बनाएको यो पहिलोपटक हो। २३ वर्षीय जेभेरेभ पहिलो सेटमा पराजित भए पनि बाँकी सेटमा पुनरागमन गर्न सफल भएका थिए। २७औं वरियताका कोरिचसँग पहिलो सेट ६-१ ले पराजित भएका थिए।
तर बाँकी सेट जेभेरेभले ७-६ (७/५), ७-६ (७/१), ६-३ ले जितेका थिए। जोकोभिच प्रतियोगिताबाट बाहिरिनुका साथै राफेल नाडाल, रोजर फेडेरर अनुपस्थित भएको यस संस्करणमा जेभेरेभलाई उपाधिको बलियो दाबेदार मानिएको छ।
‘‘जोकोभिचको समाचारले हामी सबैलाई आश्चर्यमा पारेको छ,’’ जेभेरेभले भने, ‘‘पक्कै पनि हामी युवा खेलाडीसामु राम्रो अवसर आएको छ। तर हामीले मिहेनत गर्न छाड्नु हुदैन।’’
जेभेरेभले अब फाइनल प्रवेशका लागि क्यानडाका डेनिस शापोभालोभ र स्पेनका पाब्लो कारेनो बुस्टाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
" /> काठमाडौं। जर्मनीको पाँचौं वरियता प्राप्त एलेक्डेन्जर जोभेरेभले क्रोएसियाका बोर्ना कोरिचलाई ३-१ को सेटमा हराउँदै युएस ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्।जेभेरेभले युएस ओपनको सेमिफाइनलमा स्थान बनाएको यो पहिलोपटक हो। २३ वर्षीय जेभेरेभ पहिलो सेटमा पराजित भए पनि बाँकी सेटमा पुनरागमन गर्न सफल भएका थिए। २७औं वरियताका कोरिचसँग पहिलो सेट ६-१ ले पराजित भएका थिए।

">