काठमाडौं। रुसमा सम्पन्न फिफा विश्वकप फाइनलका प्रतिद्वन्द्वी फ्रान्स र क्रोएसियाले समान नतिजा निकालेका छन्। फाइलनमा क्रोएसियालाई ४-२ ले हराएर विश्वकपको उपाधि जितेको फ्रान्सले गएराति पनि युईएफए नेशन्स लिगमा समान नतिजा निकालेको छ।
क्रोएसियाले डेजान लोभरेनको गोलबाट १७औं मिनेटमा अग्रता लिएको थियो। ४३औं मिनेटमा एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा डोमिनिक लिभाकोभिचको आत्मघाती गोलमा फान्सले अग्रता लिएको थियो।
५५औं मिनेटमा भ्रमणकारी क्रोएसियाका जोसिप ब्रेकालोले बराबरी गोल फर्काए। ६५औं मिनेटमा डायोट उपामेकानोको गोलबाट फ्रान्सले पुनः अग्रता लियो। उपामेकानोले ग्रिजमनको पासमा गोल गरेका थिए। ७७औं मिनेटमा ओलिभर जिरौडले पेनाल्टीमा अर्को गोल थपेपछि फ्रान्सले सहज विजय हासिल गरेको थियो।
जितसँगै ६ अंक जोडेको फ्रान्स नेशन्स लिगमा समूह तीनको दोस्रो स्थानमा छ। समान ६ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा छ। क्रिष्टियानो रोनाल्डोले १०० गोलको कीर्तिमान बनाएको दिन पोर्चुगलले स्विडेनलाई २-० ले हराएको थियो।
पोर्चुगलले पहिलो खेलमा क्रोएसियालाई ४-१ ले पराजित गरेको थियो। त्यस्तै फ्रान्सले स्विडेनलाई १-० ले हराएको थियो।
" /> काठमाडौं। रुसमा सम्पन्न फिफा विश्वकप फाइनलका प्रतिद्वन्द्वी फ्रान्स र क्रोएसियाले समान नतिजा निकालेका छन्। फाइलनमा क्रोएसियालाई ४-२ ले हराएर विश्वकपको उपाधि जितेको फ्रान्सले गएराति पनि युईएफए नेशन्स लिगमा समान नतिजा निकालेको छ।क्रोएसियाले डेजान लोभरेनको गोलबाट १७औं मिनेटमा अग्रता लिएको थियो। ४३औं मिनेटमा एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा डोमिनिक लिभाकोभिचको आत्मघाती गोलमा फान्सले अग्रता लिएको थियो।

">