काठमाडौं। पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले १०० अन्तर्राष्ट्रिय गोलको कोशेढुंगा पार गरेका छन्। १०० गोलको कीर्तिमान पार गर्ने रोनाल्डो युरोपको पहिलो खेलाडी बनेका छन्।
३५ वर्षीय रोनाल्डो देशका लागि १०० गोल गर्ने दोस्रो खेलाडी हुन्। स्वीडेनविरुद्धको अवे खेलमा रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमा गोल गर्दै १००औं गोल गरेका हुन्। रोनाल्डोले ७२औं मिनेटमा अर्को गोल गरेपछि पोर्चुगलले यूईएफए नेशन्स लिगमा स्वीडेनलाई २–० ले पराजित गरेको थियो।
करिअरको उत्कृष्ट गोलमध्येमा अर्को एक गोल थप्दै रोनाल्डो ‘१०० गोलको क्लब’मा सामेल भएका थिए। यसअघि इरानका अली दईले १०० गोल गरेका थिए।

पोर्चुगलका लागि रोनाल्डोको यो १६५औं खेल हो। विश्व कीर्तिमान बनाउन रोनाल्डोलाई अब थप ९ गोल गर्नुपर्नेछ। अली दाईको नाममा १०९ गोलको विश्व कीर्तिमान छ। अली दाईले १९९३ देखि २००६ को बीचको करिअरमा उक्त कीर्तिमान बनाएका थिए।
पाँच पटक बालोन डी’अर अवार्ड जितेका रोनाल्डोले च्याम्पियन्स लिगमा पनि कीर्तिमानी १३१ गोल गरेका छन्। जुन दोस्रो स्थानमा रहेका लियोनल मेसीभन्दा १६ गोलले बढी हो।

रोनाल्डोले क्लब फुटबलमा जस्तै सफलता राष्ट्रिय टीमबाट पनि हासिल गर्न सफल भएका छन्। स्पोर्टिङ लिस्वन, म्यानचेस्टर युनाइटेड, रियाल मड्रिडबाट खेलिसकेका रोनाल्डो अहिले इटालियन क्लब युभेन्टससँग अनुबन्धित छन्।
रोनाल्डोले क्लब फुटबलबाट सबैखाले सफलता पाइसकेका छन्। उनले राष्ट्रिय टीमबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितिसकेका छन्। रोनाल्डो पोर्चुगलका सर्वकालीन सफल खेलाडी हुन्।