काठमाडौं। स्ट्राइकर मिचे बात्सुईको दुई तथा युवा खेलाडी जेरेमी डोकुले अन्तर्राष्ट्रिय डेब्यूमा गोल गरेको दिन बेल्जियमले गएराति आइसल्यान्डमाथि ५-१ को विजय हासिल गरेको छ। जितसँगै बेल्जियम युईएफए नेशन्स लिगमा समूह दुईको शीर्ष स्थानमा छ।
प्रमुख खेलाडी थिबाउट कोर्तुवा र इडेन हाजार्ड अनुपस्थित रहे पनि बेल्जियमले उनीहरूको अनुपस्थितिको अनुभव हुन दिएनन्। आइसल्यान्डले ११औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। होल्मबर्ट एरोन-फ्रिडजोनसनले गरेको गोलमा आइसल्यान्डले अग्रता लिएको थियो।
त्यसको दुई मिनेट वित्न नपाउँदै एक्सेल विटसेल बराबरी गोल फर्काए। १७औं मिनेटमा बात्सुईले गरेको गोलमा बेज्लियमले अग्रता लियो। ५०औं मिनेटमा द्रिइस मार्टेन्सले केभिन डी ब्रुयनाको पासमा गोल गरे। ६९औं मिनेटमा बात्सुईले व्यक्तिगत दोस्रो गोल गरे।
७९औं मिनेटमा १८ वर्षे डोकुले अर्को गोल थपे। उनले डी ब्रुयनाको पासमा गोल गरेका हुन्। डी ब्रुयना इङ्ल्यान्डको वर्ष खेलाडी घोषित भएका थिए।
‘‘मलाई अझै पनि सपना जस्तो लागेको छ। विश्वकै उत्कृष्ट खेलाडीसँग खेल्न पाउँदा खुशी छु। र आज मेरो प्रदर्शनबाट पनि खुशी छु,’’ बात्सुईले भने।
बेल्जियमले अघिल्लो खेलमा डेनमार्कलाई २-० ले पराजित गरेको थियो। यो जितसँगै बेल्जियम ६ अंकका साथ शीर्ष स्थानमा छ। चार अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ भने डेनमार्क एक अंकका साथ तेस्रो स्थानमा छ। अंक जोड्न नसकेको आइसल्यान्ड चौथो स्थानमा छ।
" /> काठमाडौं। स्ट्राइकर मिचे बात्सुईको दुई तथा युवा खेलाडी जेरेमी डोकुले अन्तर्राष्ट्रिय डेब्यूमा गोल गरेको दिन बेल्जियमले गएराति आइसल्यान्डमाथि ५-१ को विजय हासिल गरेको छ। जितसँगै बेल्जियम युईएफए नेशन्स लिगमा समूह दुईको शीर्ष स्थानमा छ।प्रमुख खेलाडी थिबाउट कोर्तुवा र इडेन हाजार्ड अनुपस्थित रहे पनि बेल्जियमले उनीहरूको अनुपस्थितिको अनुभव हुन दिएनन्। आइसल्यान्डले ११औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। होल्मबर्ट एरोन-फ्रिडजोनसनले गरेको गोलमा आइसल्यान्डले अग्रता लिएको थियो।

">