काठमाडौं। पूर्वविजेता नाओमी ओसाकाले एनेट कोन्टाविटलाई सोझो सेटमा पराजित गर्दै युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्।
२०१८ की विजेता जापानकी ओसाकाले स्टोनियाकी कोन्टाविटलाई ६-३, ६-४ को सेटमा पराजित गरेकी हुन्। २२ वर्षिया ओसाकाले सेमिफाइनल प्रवेशका लागि अब शेल्बी रोजर्ससँग प्रतिस्पर्धा गर्नेछिन्।
अमेरिकाकी रोजर्सले आइतार राती छैटौं वरियाताप्राप्त चेक गणतन्त्रकी पेत्रा केभितोभालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।
२०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी ओसाका करियरमा तेस्रो ग्राण्ड स्लाम जित्ने लक्ष्यमा छिन्। रोजर्सविरुद्ध २०१७ मा पराजित भएकी ओसाकाले भनिन्, ‘‘युएस ओपन यात्रा अघि बढ्नेमा म धेरै सकरात्मक छु। उनी अन्डरडग हुन पनि सक्छिन्। किनकी मैले उनलाई हराएको छैन। यहाँ फेरि भेट भएको छ खुशी छु।’’
" /> काठमाडौं। पूर्वविजेता नाओमी ओसाकाले एनेट कोन्टाविटलाई सोझो सेटमा पराजित गर्दै युएस ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्।२०१८ की विजेता जापानकी ओसाकाले स्टोनियाकी कोन्टाविटलाई ६-३, ६-४ को सेटमा पराजित गरेकी हुन्। २२ वर्षिया ओसाकाले सेमिफाइनल प्रवेशका लागि अब शेल्बी रोजर्ससँग प्रतिस्पर्धा गर्नेछिन्।

">