काठमाडौं। निकोलो बरेलाको गोलमा इटालीले गएराति नेदरल्यान्डलाई १-० ले हराएको छ। जितसँगै इटाली युईएफए नेशन्स लिगमा समूह एकको शीर्ष स्थानमा उक्लिएको छ।
पहिलो हाफको अन्तिम समयमा सिरो इमोबिलेको पासमा बरेलाले हेडमार्फत गोल गरेका थिए। बरेलाको त्यही गोल इटालीको जितमा निर्णायक बन्यो।
जितसँगै इटाली समूहको शीर्ष स्थानमा उक्लिएको छ। इटालीको चार अंक जोडेको छ। समान तीन अंक जोडेको नेदरल्यान्ड र पोल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। पहिलो खेलमा नेदरल्यान्डले पोल्यान्डलाई १-० ले पराजित गरेको थियो।
इटाली भने पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १-१ को बराबरीमा रोकिएको थियो। गएराति नै सम्पन्न खेलमा पोल्यान्डले बोस्निया एण्ड हर्जगोभिनालाई १-० ले पराजित गरेको छ।
बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध खेलेको टीममा प्रशिक्षक रोबर्टो मान्सिनीले सात खेलाडी परिवर्तन गरेका थिए। मान्सिनीले रक्षापंक्तिमा जर्जियो किलीनीलाई पनि समावेस गराएका थिए। एक वर्षअघि घुँडामा चोट बोकेपछि किलीनीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।
रोमा रक्षक लियोनाड्रो स्पिनाजोलाको उपस्थितिले पनि इटालीको रक्षापंक्तिमा व्यपक परिवर्तन देखिएका थियो। स्पिनाजोलाले ओभरल्यापमा गएर खेल्दा लोरेन्जो इनसाइनले खुलेर खेल्न पाएका थिए।
‘‘हामी राम्रो टीमसँग पराजित भयौं,’’ नेदरल्यान्डका अन्तरिम प्रशिक्षक डीवेट लोडेवेगेसले भने, ‘‘उनीहरुले हामी जसरी खेल्न चाहेका थिए। तर उनीहरूले मैदानमा राम्रो कार्यान्यवन गरे।’’
" /> काठमाडौं। निकोलो बरेलाको गोलमा इटालीले गएराति नेदरल्यान्डलाई १-० ले हराएको छ। जितसँगै इटाली युईएफए नेशन्स लिगमा समूह एकको शीर्ष स्थानमा उक्लिएको छ।पहिलो हाफको अन्तिम समयमा सिरो इमोबिलेको पासमा बरेलाले हेडमार्फत गोल गरेका थिए। बरेलाको त्यही गोल इटालीको जितमा निर्णायक बन्यो।

">