काठमाडौं। ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। जमैका तलावाजबाट खेल्दै आएका सन्दीप समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भएका छन्।
सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ। सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश/दश वटा खेल खेलेका थिए। सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो। उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन्। बाँकी नौ वटा खेलमा भने उनले प्रत्येकमा विकेट लिए। सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सकेनन । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिए।
जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए। जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा खुम्चियो।
सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए। उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए। सो खेल जमैकाले ५ विकेटले जित्यो। यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिए। उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको उक्त खेलमा ४ ओभरमा ३० रन दिए। उक्त खेल राइडर्सले सात विकेटले जितेको थियो। गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए। उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए। उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाए। तर सो खेलमा पनि जमैका १४ रनले पराजित भयो ।
यसैगरी आफ्नो चौथो खेलमा गुएना अमेजन वारियर्सविरुद्ध १ विकेट लिएका सन्दीपले चार ओभरमा १२ रन मात्र खर्चिए। सो खेलमा जमैका पाँच विकेटले विजयी भयो ।
यस्तै पाँचौ खेलमा बार्बाडोस ट्राइडेन्ससितविरुद्ध सन्दीपले ४ ओभरमा १६ रन दिए। यसमा पनि सन्दीपको टीम पराजित भयो।
यस्तै सेन्ट किट्स विरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिए। जसमा उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए। उक्त खेलमा जमैका ३७ रनले विजयी भयो।
सातौँ खेलमा सन्दीपले ट्रिनबागो नाइट राइडर्सविरुद्ध चार ओभर बलिङ गर्दै २० रन खर्चिए।
यस्तै सेन्ट किट्स विरुद्धको आठौँ खेलमा सन्दीपले जमैकाका लागि बलिङ गर्न पाएनन्। उक्त खेल वर्षाका कारण रद्द भएको थियो ।
नवौँ खेलमा सन्दीपले बार्बाडोस ट्राइडेन्सको एक विकेट लिए। उनले चार ओभर बलिङ गदै २६ रन दिएका थि । उक्त खेलमा जमैका सात विकेटले पराजित हुनपुग्यो।
समूह चरणको अन्तिम खेलमा सन्दीपले निकै किफायती बलिङ गरे। सेन्ट लुसिया विरुद्धको खेलमा उनले चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । तर उनको टोली जमैका भने उक्त खेलमा ११ रनले पराजित भयो।
सन्दीपको टोली जमैकाले अब मंगलबार सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । उक्त खेलमा हालसम्मको खेल प्रदर्शनको आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ।
जमैकाले बलिङ लाइन सन्दीप माथि निर्भर रहने गरेको छ । उनले विपक्षी खेलाडीलाई खुलेर रन बटुल्न दिएका छैनन्। सन्दीप र अफगानिस्तानका युवा खेलाडी मुजिबउर रहमानले जसरी जमैकालाई बलिङमा साथ दिँदै आएका छन् त्यसैगरी ब्याटिङ लाइन बलियो भएमा जमैकाले सेमिफाइनलमा जित्न सक्ने अनुमान गरिएको छ।
यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्।
रासस
" /> काठमाडौं। ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। जमैका तलावाजबाट खेल्दै आएका सन्दीप समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भएका छन्।सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ। सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले दश/दश वटा खेल खेलेका थिए। सेन्ट किटस् विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो। उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन्। बाँकी नौ वटा खेलमा भने उनले प्रत्येकमा विकेट लिए। सन्दीपको बलमा विपक्षी खेलाडीहरुले खुलेर रन बनाउन सकेनन । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म नौ खेलमा १२ विकेट लिए।

">