म्यानचेस्टर सिटीका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि
<p>काठमाडाैं। इङ्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड रियाड माहरेज र रक्षक अमेरिक ल्यापोर्टलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p>
<p>दुवै खेलाडीलाई कुनै लक्षण नदेखिए पनि दुवै जना सेल्फ-आइसोलेसनमा बसेका छन्।</p>
<p>उनीहरूलाई कसरी संक्रमण भयो र कहिलेबाट फेरि खेल्न सक्छन् भन्ने निश्चित नरहेको क्लबका एक प्रवक्तालाई उद्धृत गर्दै स्काइ स्पोर्ट्सले लेखेको छ।</p>
<p>सिटीले २१ सेप्टेम्बरमा वुल्भ्ससँग खेल्दै प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्
