काठमाडौं। युवा खेलाडी अंसु फाती स्पेनबाट गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका छन्। आइतबार राति युईएफए नेशन्स लिग ‘ए’मा स्पेनले युक्रेनलाई ४-० ले हराउँदा फातीले एक गोल गरेका हुन्।
फातीले स्पेनको जितमा ३२औं मिनेटमा तेस्रो गोल गरेका थिए। त्यसअघि कप्तान सर्जियो रामोसले दुई गोल गरेका थिए। उक्त गोलसँगै फाती स्पेनबाट गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका छन्।
फातीले १७ वर्ष ३११ दिनको उमेरमा गोल गरेका हुन्। यससँगै बार्सिलोनाका युवा स्टार फातीले १९२५ मा जुवा एराजक्विनले १८ वर्ष ३४४ दिनमा गोल गरेर बनाएको कीर्तिमान तोडेका हुन्।
पहिलो रोजाईमा स्थान बनाएका फातीले तेस्रो मिनेटमै स्पेनलाई पेनाल्टी अवसर दिलाएका थिए। फातीलाई सेर्ही क्रिभसोभले फाउल गरेपछि स्पेनले पनोल्टी अवसर पाएको थियो। जसलाई रामोसले गोलमा परिणत गरेका थिए।
‘‘यो सामान्य कुरा होइन,’’ स्पेनका प्रशिक्षक लुइस इनरिकेले भने, ‘‘यो उमेरमा पाउने सफलताले मान्छे मात्तिन सक्छ। तर फाती परिपक्व छन्। उनी सही बाटोमा छन् र उनको खुट्टा भुइँमै छ।’’
फातीले बिहीबार राति जर्मनीविरुद्धको खेलमा स्पेनको राष्ट्रिय टीममा डेब्यू गरेका थिए। फाती ४६औं मिनेटमा जिसस नाभासको स्थानमा मैदान छिरेका थिए।

‘‘इनरिके र यो टिमसँग खेल्न पाउनु गर्वको कुरा हो। जसले मलाई खुला हृदयले स्वागत गरे,’’ खेलपछि फातीले भने, ‘‘म मिहेनत गरिरहने छु। नम्र रहनेछु। आगामी दिनमा आउने चुनौतीको सामना गर्न तयार छु।’’
गुयना-बिसाउमा जन्मिएका फातीले गत वर्ष मात्र स्पेनको नागरिकता लिएका थिए। बिहीबार राति जर्मनी मैदान छिर्दा फाती १९३६ पछि स्पेनबाट डेब्यू गर्ने कान्छो खेलाडी बनेका थिए।
फाती बार्सिलोनाबाट पनि स्पेनिस ला लिगामा गोल गर्ने कान्छो खेलाडी बनेका थिए। ३१ अगस्ट २०१९ मा फातीले गोल गर्दा उनी १६ वर्ष ३०४ दिनका थिए। उनी क्याम्प नोउमा गोल गर्ने पनि कान्छा खेलाडी बनेका थिए। फाती च्याम्पियन्स लिगमा पनि गोल गर्ने कान्छा खेलाडी बनेका थिए।
" /> काठमाडौं। युवा खेलाडी अंसु फाती स्पेनबाट गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका छन्। आइतबार राति युईएफए नेशन्स लिग ‘ए’मा स्पेनले युक्रेनलाई ४-० ले हराउँदा फातीले एक गोल गरेका हुन्।फातीले स्पेनको जितमा ३२औं मिनेटमा तेस्रो गोल गरेका थिए। त्यसअघि कप्तान सर्जियो रामोसले दुई गोल गरेका थिए। उक्त गोलसँगै फाती स्पेनबाट गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका छन्।

">